•            
    • TOKHA LIVE

    • ११ भाद्र २०७७, बिहीबार ०६:४४

    टाेखा सपनतिर्थ-फैडोल – मालुङ्ग सडक खण्ड कष्टकर :-

    टाेखा लाइभ / बिजय डंगोल

    भाद्र ११ काठमाडौं

    टोखा नगरपालिका वडा नं.२ स्थित सपनतिर्थ-फैडोल-मालुङ्ग सडक खण्ड निकै कष्टकर बनेको छ। बागमती प्रदेश सभासद मा.दिपक निरौला, टोखा नगरपालिकाका उप-प्रमुख ज्ञानमाया डंगोल, स्थानिय राष्ट्रमान श्रेष्ठ लगायतले जानकारी लिदै समस्यालाई प्रस्थाउदै फैडोलका युवा संयोजक राजकाजी डंगोलसंग बैकल्पिक बाटोको स्थलगत अवलोकन गर्नु भएको छ।

    वर्षाका कारण विगत लामो समय देखी टोखा छहरे सडक खण्ड अन्तरगत टोखा र मालुङ्ग सडक पहिरो पछि अवरुद्व रहेको उक्त वैकल्पिक सपनतिर्थ-फैडोल-मालुङ्ग सडक प्रयोग हुदै आईरहेकोमा सवारी साधनको अत्याधिक चापका कारण सो बाटो समेत आवत-जावतमा समेत निक्कै कठिनाई भएको छ । बिगतमा टोखा नगरपालिकाका अगुवाई र स्थानिय युवाहरुको सहयोग र सहकार्यमा पटक-पटक ग्राभेलिङ्ग गरी बाटो स्तरोन्नतिको प्रयास पनि भएको थियो । तर पनि सो बाटोमा हिड्डुल गर्न अहिले कठिनाई भइरहेको छ ।

    अवलोकन क्रममा बागमती प्रदेस सभासद माननीय दिपक निरौलाले वर्षाको समयमा बाटो ग्राभेल अलिक कठिनाई हुने भएकोले यो वर्षाको समय पछि , योजनाको काम गर्न सहज र अनुकुलता भए पछि ढल व्यवस्थापन संगै बाटोको स्तरोन्नति गर्नको लागि उहाँले सुझाव दिनु भएको टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन्। ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै