•            
    • TOKHA LIVE

    • ९ भाद्र २०७७, मंगलवार १२:१५

    पहिलो चरणमा प्रत्येक वडाका १०० जनाको PCR परिक्षण गर्दै टोखा नगरपालिका:-

    टोखा नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका १०० जनाको PCR परिक्षण गर्ने।

    टाेखा लाइभ भाद्र ९ काठमाडौं ।

    दिनानुदिन बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि
    टोखा नगरपालिकाले प्रत्येक वडाका १ सय जनाको पोलिमेयर रियाक्सन चेन ( PCR) परिक्षण गर्ने भएको छ। टोखा नगर कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार प्रथम चरणमा प्रत्येक वडाको १०० व्यवसायीहरु र फोहोर मैला संकलन गर्ने कर्मचारी तथा कोरोना लक्षण देखिएकाहरुको परिक्षण गर्ने जानकारी दिइएको छ।

    जसको लागि इच्छुकहरुले सम्बन्धित वडामा गएर विवरण संकलन गराउन सक्नेछन् भने
    विवरण संकलन गराउन व्यवसायिहरु खाधान्न, तरकारी, फलफूल, दुधजन्य पदार्थ, माछामासु पसल व्यवसायीहरु र फ़ोहोरमैला संकलन तथा सरसफाइमा संलग्न ब्यक्तीहरु साथै कोभिड–१९ सङ्ग सम्बन्धित लक्षणहरु देखापरेका ब्यक्तीहरुले काेभिडसंग सम्बन्धित जानकारी लिनको लागि नगरपालिकाकाको निम्न पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ।

    १) नगर प्रमुख श्री प्रकाश अधिकारि – ९८५१२३४७८९
    २) नगर उपप्रमुख श्री ज्ञान माया डङ्गोल – ९८५१२५४७८९
    ३) नगर प्रवक्ता श्री बच्चुराज बस्याल – ९८५१००१४३२
    ४) स्वास्थ्य शाखा प्रमुख श्री रत्नलाल कुलाल – ९८५१०१६२८६
    ५) स्वास्थ्य शाखा श्री बसन्त गैरे – ९८५८०२८४२८
    ६) स्वास्थ्य शाखा श्री सन्तोष कुवर – ९८४८८६४९८७

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै