•            
    • TOKHA LIVE

    • ६ भाद्र २०७७, शनिबार २१:०८

    कोरोना उपचारमा एक कदम अघि सर्दै टोखा नगरपालिका :-


    शोभा तामाङ

    टाेखा लाइभ,भाद्र ६ काठमाडौं,

    बिश्व समुदायनै कोरोना महामारीले आक्रान्त भइरहेकै बेलमा नेपाल पनि यसबाट अछुत रहन सकेको छैन। नेपाल पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ र मृतक संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ।

    त्यसो हुदा टोखा नगरपालिकामा पनि प्रशस्त कोरोना संक्रमितहरु देखा परेकोले र आगामी दिनमा अझै बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर टोखा नगरपालिकाले वडा-२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाइ कोरोना संक्रमितको लागि आइसोलेसन वार्ड बनाइएको छ । आजबाट बिधिवत रुपले मेयर प्रकाश अधिकारीबाट उद्घाटन गरिएको उक्त भवनमा ५२ जना अटाउन सक्ने क्षमता छ भने अपुग भएको खण्डमा अझै क्षमता थप गरिने भएको छ।

    उक्त कार्यक्रममा टोखा नगरपालिका भरी सबै वडाका जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो। आइसोलेसन निर्माण समितिमा उपप्रमुख ज्ञानमाया डङ्गोल, दिपक बानियाँ, बसन्त श्रेष्ठ, योगेन्द्र पाण्डे, शैलेश डङ्गोल, बच्चु बस्याल, नरोत्तम राना, रत्नलाल कुलाल लगायतको उपस्तिथि रहेको थियो।

    डा.सुमन अधिकारीले मन्तव्य दिने क्रममा उहाँको अनुसार “उक्त प्राथमिक उपचार केन्द्रमा सिकिस्त अबस्थाका बिरामीलाई राखिने छैन। सामान्य लक्षण देखिएका र लक्षणबिनाको रोगीहरुलाइ मात्र उक्त केन्द्रमा उपचार गरेर सुरक्षित साथ १४ दिन आइसोलेसन गरेर संक्रमितलाई पुन समाजमा नै फर्काइने उहाँले बताउनु भयो।

    साथै उहाले स्वास्थ तथा कोरोना व्यवस्थापनमा खटिएका कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गरि उचित व्यवस्थापन गर्नको लागि अनुरोध गर्नुभयो भने उनिहरुको समाजमा आम नागरिकसरह रहन पाउने हकको सुरक्षा गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो किनभने अहिलेको समयमा कोरोना उपचारमा संलग्न कर्मचारीहरुप्रती समाजले हेर्ने शंकाको दृष्टिकोण र गरिने ब्यवहार बिकृत हुँदै गइरहेको छ र यो अनुरोध पुर्ण रुपले जायज पनि हो। साथसाथै यस महामारीको प्रकोप रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। अगामी दिनहरुमा पनि साथ पाइरहने बिश्वास व्यक्त गर्नुभयो।

    टाेखा नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाइ केन्द्रिय अस्पताल बनाउने र नभएमा प्रदेश स्तरको केन्द्रिय अस्पताल बनाएरै छाड्ने र आज यस ऐतिहासिक दिनलाइ सफल बनाएरै छड्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो।

    उपप्रमुख ज्ञानमाया डङ्गोलबाट समापन गरेको उक्त उदघाटन कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी तथा उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखा नगरपालिकामा आइपर्ने सम्पुर्ण कोरोनाका समस्यहरुलाइ समाधान गर्न आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न पनि आफुहरु तयार रहेको अभिव्यक्ति दिदै आफु सधैभरि यसैगरी जनउत्तरदायी तथा जबाफदेहि भएर जनहितको लागि नगर बिकासमा कटिबद्ध भएर लाग्ने बिश्वास पनि व्यक्त गरेकी छिन् ।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन्)

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै