•            
    • TOKHA LIVE

    • ६ भाद्र २०७७, शनिबार ११:२०

    टोखा ५ मा स्वयंसेवक समिति निरीक्षणमा खटिए :-

    वडा अध्यक्ष स्वयंसेवक लिएर आफै खटिए फिल्डमा।
    शोभा तामाङ

    टाेखा लाइभ , भदौ ५ काठमाडौं

    टोखा नगरपालिका वडा ५ मा बढ्दो कोरोना संक्रमितको संख्यालाई ध्यान राखेर रोकथाम स्थानीयस्तरबाट पहलकदमी लिने कार्य अघि बढाइएको छ। वडा अध्यक्ष जगन्नाथ ढकाल सहित स्वयंसेवकहरु आज देखि निरीक्षणमा खटिएका छन् ।

    स्वय्मसेवक समितिले वडाभित्र कुनै पनि ठाउँमा कोरोना संक्रमण लक्षण देखिएका मान्छेलाई पिसिआर परिक्षण गर्नका लागि वडा कार्यालयलाई जानकारी दिने । पिसिआर परिक्षणबाट पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेकाहरुलाई खाद्यान्न ल गायतका सामाग्री उपलब्ध गराउन मद्दत गर्नेछ । कोरोना संक्रमितको मृत्यु भएको खण्डमा परिवारको सहमतिमा वडा कार्यालयलाई लास व्यवथापन गर्न आवश्यक सहयोग गर्नेछ ।

    स्वयंसेवक समितिले स्थानीय प्रहरीसँग सहकार्य गरि कोरोना रोकथाम तथा व्यवस्थापनमा आइपर्ने सम्पुर्ण गतिविधिहरु सञ्चालन गर्ने छन्। वडा अध्यक्ष जगन्नाथ ढकालकोअनुसार “बढ्दो कोरोना महामारीको अवस्थालाई मध्यनजरमा राखेर आफुहरुले स्वयंसेवक समिती गठन गरेको र कुनै पनि परिस्थिति आइलागेमा स्वयंसेवक समितिबाट नै सम्पुर्ण कार्यहरु समाधान गरिनेछ।”

    महामारीको प्रकोप अन्त्य नहुन्जेलसम्म यसैगरी जन–उत्तरदायी भई आवश्यक परेमा कठोर रूपले प्रस्तुत हुन तयार रहेको र महामारी रोकथाम तथा व्यवस्थापनको लागि कुनै पनि मुल्य चुकाउनु तयार रहेको पनि बताउनुभयो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै