•            
    • TOKHA LIVE

    • ५ भाद्र २०७७, शुक्रबार ०७:१६

    टोखा ५ मा कोरोना रोकथाम तथा जनचेतनाको लागि स्वयंसेवक गठन:-


    शोभा तामाङ

    टाेखा लाइभ,४ भदौ, काठमाडौं
    टोखा नगरपालिका वडा नं. ५ मा बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राखी रोकथामका लागि स्वयमसेवक खटाउने भएको छ । वडा कार्यालयले आज १७ सदस्यीय कमिटि गठन गरेको छ । वडा कार्यालयमा वडा अध्यक्ष जग्गनाथ ढकालको पहलकदमीमा भएको भेलाले कमिटि गठन गरेको छ ।

    १७ सदस्यीय स्वयंसेवक समितिका संयोजकमा मदन गुरुङ, सह–संयोजक प्रेम कुमार सुनुवार लगायत छन्। स्वय्मसेवक समितिले भोलिबाट नै कार्य सुरु गर्ने तयारी गरेको छ।

    स्वयंसेवक समितिले स्थानीय प्रहरीसँग सहकार्य गरि कार्य गर्नेछ । कतै आफ्नो क्षेत्रमा कोरोना संक्रमितको मुत्यु भएमा त्यसको व्यवस्थापनका लागि सुरक्षा सामाग्री प्रयोग गरेर लास व्यवस्थापन गर्न सहयोग गर्नेछ । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउनेछ । त्यस्तै बिरामी भएकाहरुलाई अस्पताल लैजान मद्दत गर्नेछ ।

    जनस्तरमा जनचेतनाको भन्दा पनि अनुशासन र नैतिकताको अभाव स्पष्ट देखिन्छ । जानेर वा नजानेर कोरोना संक्रमित दिनानुदिन बढ्दो अबस्थामा छ। यस्तै टोखा नगरपालिका भरिमा पनि हिजोसम्म ७७ जनामा कोरोना भेटिएको छ भने टोखा ५ मा अहिलेसम्म ६ जनाको पोजेटिभ देखिएको छ।

    (शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै