जय न्यौपाने
टोखा लाइभ,भाद्र ४ काठमाण्डौ।
कोभिड 19 मंहाम्मारी संक्रमण उच्च जोखिम रहेको क्षेत्र हाल काठमाण्डौ टोखा नगरपालिकामा कोरोना संक्रमणको रोकथाम नियन्त्रण तथा पुर्व सतर्कता अपनाउन टाेखा नगरपालिकाले सम्पुर्ण टाेखा नगरवासी र वडावासिमा अपिल गरेको छ।
संम्पुर्ण टोखा नगर बासी सतर्क र संम्यम् रहन अनुरोध गरेको कार्यालय बाट सुचना जारी गर्दै टोखा न.पा प्रमुख मेयर प्रकास अधिकारीले बताउनुभयो। दैनिक जीविका सहज पार्न उपभोग्य बस्तु खरीद गर्न दैनिक बिहान ५ बजे देखी ८ बजे संम्म मात्रै खाद्यान्न पसल खोल्न दिने नगरपालिकाको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।
उक्त निर्देशन को आधारमा संम्पुर्ण वडा बासीको सुरक्षाको लागि स्वास्थ्य मापदण्ड अनुरूपको गतिविधि र समय सिमारेखा अनुरुप कार्य गर्न टोखा नगर बासीमा यो सुचना जनहितमा जारी गरिएको हो।
( जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )