जय न्यौपाने
टाेखा लाइभ,भाद्र २,काठमाडौं
टोखा नगरपालिका वडा नं ७ मा स्वयंसेवकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ। टाेखा नगरपालिका वडा नं ७ का अध्यक्ष नरोत्तम रानाको प्रमुख आतिथ्यतामा भएको सो स्वयंसेवक प्रशिक्षण कार्यक्रममा टोखा नगरपालिका तिलीङटार चौकी प्रमुख राजन ढुंगाना, न्यायिक समिति सदस्य गोपी पाठक वडा कार्यपालीका सदस्य लीला भुजेल वडा सदस्य सानु राजा बस्नेत ,उर्मिला वि.क टोखा स्वास्थ्य प्रमुख सन्तोस थापा , विविसी न्युजका सालीकराम लामिछाने लगायत पत्रकारहरुको उपस्थिति थियो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहेका स्वयंसेवकहरुलाई विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिएका थिए। भने टाेखा न पा वडा नं ७ मा सचेतना घरदैलो अभियान कार्यक्रम संचालन गर्नको लागि एक घर एक मास्क ,स्यानीटाइजर र स्वास्थ्य प्याकेट प्रदान गर्ने जानकारी दिदै टोखा न.पा तिलीङटारलाई १ थान साउंड स्पीकर माइक,र २ थान मोटर हुइललक प्रदान गरिएको थियो।
(कोभिड १९ )कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहेका स्वयंसेवकहरु प्रशिक्षण जनस्वास्थ्य शाखा निरीक्षक सन्तोष कुवर र टोखा नगरपालिका वडा नं ७ धापासीका स्वास्थ्य चौकी प्रमुख राधाकृष्ण श्रेष्ठको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन्