टाेखा लाइभ / नविना श्रेष्ठ
भाद्र २ ,काठमाडौं
टोखा नगरपालिकामा कोरोना भाइरस कोभिड-१९ को परीक्षण गर्न आउने सेवाग्राहीहरु मध्ये नयाँ देखिएका ११ जनामा १ जना भने सेवा मात्र लिन आएकाे टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन् ।
आज सम्म को कोभिड-१९ कोरोनाको पोलिमियार चेन रियाक्सन (PCR) परिक्षणमा जम्मा ७७ जनालाई गरिसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन् ।
हाल टाेखा नगरपालिका वडा नं. २ र ८ बाहेक सबै वडाहरुमा काेराेना भाईरस संक्रमित रहेकाे टाेखा नगरपालिकाले तथ्यांक सार्वजनिक गरेको छ। टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट नगरपालिका क्षेत्र भित्र हालसम्म कोभिड-१९ कोरोना पोजेटिभ देखिएको वडागत बिस्तुत विवरण देहाय बमोजिम रहेको छ।
पोलिमियर चेन रियाक्सन (PCR) परिक्षण पछि टोखा नगरपालिका वडा नं १ मा २ जना , वडा नं ३ मा ३ जना, वडा नं ४ मा २ जना, र वडा नं ६,७, र ११ मा १/१ जना गरी १० जना लाई पोजेटिभ देखिएको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् ।
पोजेटिभ देखिएका मध्य ७ जनालाई घरमै (Home isolation) बस्ने र बाँकी ३ जनालाई भने अस्पतालमा राख्नु पर्ने उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।
कोरोना भाइरस कोभिड-१९ को महामारी झन झन बढेको कारणले सबैलाई घरभित्र सुरक्षितका साथ बसि विशेष सावधानी, सतर्कता
अपनाइ बसिदिनु हुन र सकेसम्म बाहिर ननिस्किदिन पनि उपप्रमुख ज्ञानमाया डंगोलले सबैसंग अनुरोध गरेकी छिन् ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )