•            
    • TOKHA LIVE

    • १ भाद्र २०७७, सोमबार १५:४७

    कोरोना महामारीमा रगतको अभाव हुन नदिन टाेखामा ‘न्हुज:पुस्तकालयको ३६ औ वार्षिकोत्सव पारेर’ बृहत रक्तदान’ कार्यक्रम सम्पन्न :-

    नविना श्रेष्ठ /अनिश डंगोल

    टाेखा लाइभ, भदौ १,काठमाडौं
    (कोभिड–१९ )कोरोना भाइरसको महामारी समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि संस्थागत रुपमा रक्तदान हुन थालेको छ। सटडाउनलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिन सामाजिक दुरि कायम गरि काठमाडौ टाेखाको न्हुज:पुस्तकालयको ३६औ वार्षिकोत्सको उपलक्ष्यमा आयोजनामा ‘बृहत रक्तदान’ कार्यक्रम आयोजना गरिएको छ ।सह आयोजकको भुमिकामा लायन्स क्लव अफ काठमाडौ नेपालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

    रक्तदान कार्यक्रमलाई सफलपार्न ज्योती विकास बैंक टाेखा शाखा, नयाँ किरण बचत तथा ऋण सहकारी संस्था , जु जु क्याफे , सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको सहयोगी भूमिका निर्वाह गरेको उक्त बृहत रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका थिए।

    न्हुज:पुस्तकालयको बृहत रक्तदान कार्यक्रम सामाजिक दूरी कायम गरेर, बढी भिडभाड नगरि , रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गरि उक्त कार्यक्रम टाेखा नगरपालिका वडा नं २ को न्हुज: भवन परिसरमा आयोजना गरिएको थियो।

    कोरोनाको कारण सटडाउनका कारण अधिकांश व्यक्ती घरमा रहेकाले बिरामीहरुलाई रगत कमि नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नयाँ किरण समूह , न्हुज:पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । उहाँले अगाडि भन्नुभयो “सटडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रससम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं’, रक्तदान गर्न सर्वसाधारण जान हिच्किचाउँछन्, त्यही भएर हामीले रगतको अभावलाई मध्यनजर गर्दै
    नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लव अफ काठमाडौ नेपालयको समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्षले बताउनु भयो।

    “हामिले २०६४ साल देखि नै न्हुज:पुस्तकालयका विभिन्न सामाजिक क्रियाकलापलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हालसम्म सहयोग गर्दै आइरहेका छौं र आउँदा दिनहरूमा निरन्तर सहयोग जारी रहने छ। ” रक्तदान कार्यक्रमको सहयोगी मध्य एक नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यनारायण डंगोलले बताउनु भयो।

    कोरोना भाइरसको कोभिट-१९को महामारीको समयले गर्दा
    अहिले नेपालमा धेरै रगतको अभाव भएकोले नेपाल सरकारको अनुमतिबाट र नेपाल रेडक्रस सोसाइटीकाे सहकार्य र आयोजक न्हुज:पुस्तकालयसंगको सहकार्यमा यो रक्तदान कार्यक्रम गरेको लाइस क्लब काठमाडौँ नेपालय प्रेसिडेन्ट सुनगाभा: बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले बताउनुभयो।

    नेपाल रेडक्रस सोसाइटी र लाइन्स क्लब लाई जति सक्दो रगतको समस्या हुन नदिन रगतको संकलन गर्न सकिन्छ त्यति गर भनेर उहाँ हरुले आह्वान गरेको भएर हामीले रक्तदान कार्यक्रम गरेको उहाँले बताए।यसपछि हामीले ग्राण्डी अस्पताल अगाडि पनि गर्ने उहाँ ले जानकारी दिनुभयो। रगत संकलन गरेपछि रेडक्रसलाई जिम्मा दिने र लाइस क्लबले ब्लड बैंक खुलिसकेको र धेरैजसो भक्तपुर परिसरमा गर्ने गरेको पनि लायन्स क्लब काठमाडौँ नेपालयका प्रेसिडेन्टले
    जानकारी दिनु भयो।

    २०६४ सालदेखि नै न्हुज:पुस्तकालय स्थापना भए संगै हालसम्म निरन्तर अघि बढेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल आफै पनि यस संस्थामा सदस्य भएकोले पनि आफू समाज सेवामा लाग्न टेवा पुगेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। टोखा नगरपालिका वडा नं २,३ लाई नै समेटेर अगाडि बढीरहेका छौं र न्हुज: पुस्तकालयले प्रत्येक भाद्र १ गते वार्षिकोत्सव मनाउने गरेको उहाँले बताउनुभयो।

    सबैभन्दा पहिला स्थापना भएकोले यो संस्थाप्रति सधैं गौरव लाग्ने गरेको उहाँले बताउनु भयो। अहिले रगतको कमी भएर समस्या भएकोमा आज न्हुज :पुस्तकालयको ३६ औ वार्षिकोत्सव आयोजक सबैजनालाई र साथ सहयोग दिनुहुने सम्पूर्ण सहयोगी संघसंस्था र रक्तदाताहरु प्रति सबैमा मा उहाँले बधाई तथा शुभकामना दिनुभयो।

    कार्यक्रममा बागमती प्रदेशका सांसद दिपक निरौला , टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल ,टाेखा नगरपालिका २ वडा अध्यक्ष दिपकराज जोशी लगायत जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरु, लाइस क्लब काठमाडौँ नेपालयका पदाधिकारीहरु ,ज्योती विकास बैंक टाेखा शाखाका प्रमुख मोहना श्रेष्ठ र विभिन्न सहयोगि संघसंस्थाहरु र पत्रकार लगायतको उपस्तिथि थियो।

    (नविना श्रेष्ठ र अनिश डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )i

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै