•            
    • TOKHA LIVE

    • ३२ श्रावण २०७७, आईतवार २०:३६

    नयाँ पुस्ता कृषि सहकारी टाेखाबाट ५ लाख चोरी:-

    नविना श्रेष्ठ/अनिश डंगोल

    टाेखा लाइभ, श्रावण ३२ काठमाडौँ

     

    आज बिहान टोखा नगरपालिका वडा नं २ लबुमा नयाँ पुस्ता कृषि सहकारी संस्थामा चोरी भएको हो। घरपेटीकान्छा डंगोलको घरको भुँइ तलामा राजकुमार डंगोलले सञ्चालन गर्दै आएको साे सहकारीको पछाडीको ढोका फुटाएर भित्र लकरमा राखेको ५ लाख १९ हजार ४ सय २१ रुपयाँ चोरी भएको अनुसन्धान संलग्न प्रहरीले बताएको छ। राती कति बजे चोरी भएको हो त्यो भने कसैलेपनि थाहा नपाएको स्थानीय बासिन्दाले बताए।

    सधैंको जस्तै सहकारी खोल्ने समयमा आज बिहान ७ बजे सटर खोलेर भित्र पुग्दा सहकारीका कर्मचारीले भित्र चोरी भएको देखेपछि अध्यक्षलाइ खबर गरेको सहकारीका कर्मचारी आनन्द कुमारी श्रेष्ठ, रमिता श्रेष्ठ र पुनम श्रेष्ठले बताउनुभयो। सहकारीको अध्यक्ष राज कुमार डंगोल आफैले प्रहरीलाई खबर गरेको बताउनुभयो ।त्यसपछि चोरीको खबर पाउने बित्तिकै महाराजगन्ज डीएसपी लगायत उहाँको टोली र विष्णुमति प्रहरी टोली आउनुभएको थियो।

    यो घटनाको अनुसन्धानको प्रक्रिया चाँडै अघि बढाउने अनुसन्धानमा संलग्न डिएसपि भरत थापाले जानकारी दिनुभयाे। अनुसन्धान प्रक्रिया अगाडि नबढे सम्म घटनाको बारेमा केही भन्न नसक्ने समेत उहाँले बताउनुभयो। यस्तो कोरोना भाइरस (कोभिट-१९) को कारणले गर्दा सहकारीको कामहरू भने गर्न सहज नभएको फेरि यस्तो घट्ना घट्नाले अझै समस्या थपेकोमा उहाँले दुःख व्यक्त गर्नु भयो।

    सहकारी स्थापना भएको सात वर्ष पुगे पनि टोखा नगरपालिका वडा नं २ स्थित लबुँमा सरेको २ वर्ष मात्रै भएको छ। चोरी भएको रकम रु ५ लाख भन्दा बढी र DPR समेत चोरी भएको बताउदै अध्यक्ष राजकुमार डंगोलले घटनाको अनुसन्धान प्रक्रिया चाँडै अघि बढेमा चोर पक्राउ हुने दाबी उहाँको छ। साथै चोरी गर्नेलाई कडा भन्दा कडा सजाय दिनुपर्ने उहाँले प्रहरी समक्ष्य जाेड्दार माग गर्नुभयो।

    आज यो सहकारीमा चोरी भयो भनेर चुप लागेर बस्यो भने भोलीको दिनमा टोखा नगरपालिका वडा नं २/३ मा जतिपनि सहकारीहरु छन् । अरु ठाँउमा पनि नहोला भन्न सकिन्न त्यसैले अहिले कडाभन्दा कडा छानबिन हुनुपर्ने टोखा कृषि सहकारीका अध्यक्ष माइला श्रेष्ठले सबैलाई अनुरोध गर्नुभयो।

    (नविना श्रेष्ठ र अनिश डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै