•            
    • TOKHA LIVE

    • ३२ श्रावण २०७७, आईतवार १५:३२

    टाेखा भगवती क्लवको सचेतना र्याली :-

    टाेखा लाइभ,श्रावण ३२ काठमाडौं ।

    टाेखाकाे बि डिभिजन क्लब श्री भगवती क्लवले टोखा नगरपालिकाको सहकार्यमा सचेतना र्यालीको आयोजना गरेको छ ।काठमाडौं उपत्यकामा पछिल्लो दिनमा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्न थालेपछि क्लबले नगरपालिका संगको सहकार्यमा शनिबार सचेतना र्यालीको आयोजना गरेको हो ।

    टोखा नगरपालिकाको वडा नं.२ कार्यालय र महानगरीय प्रहरी प्रभाग टोखाको समेत सहभागितामा क्लवले आयोजित उक्त कार्यक्रममा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपाय र जानकारीमूलक ब्रोसर मास्क वितरण गर्नुका साथै सचेतना र सजक रहन माइकिङ को समेत गरिएको थियो।

    कोरोना भाइरस समुदायस्तरमा देखा पर्न थालेपछि त्यसबाट आफू आफ्नो परिवार र समाज सुरक्षित रहनुपर्छ भन्ने उद्देश्य साथ उक्त सचेतना र्यालीको आयोजना गरिएको भगवती क्लवका अध्यक्ष मदन लाल श्रेष्ठले जानकारी दिए ।

    उनले भने क्लब फुटबलका लागि भएपनि कोरोना भाइरसको महामारी विरुद्ध सचेतना जगाउनका लागि हामी लागिपरेका छौं ।सो अवसरमा सचेतना र्यालीमा सहभागीले माइकिङ्ग गर्नुका साथै विभिन्न ठाउँमा पोष्टरहरू पनि टाँसेका थिए।

    क्लबले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले जारी गरिएको लकडाउनको समयमा टाेखामा त्यसको उल्लंघन भए पछि मुख्य चोक ,गल्ली तथा नाकाहरुमा स्वयंसेवकको भुमिका निर्वाह गरेको थियो।

    फाेटाे:सुबिन्द्र श्रेष्ठ

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै