•            
    • TOKHA LIVE

    • ३१ श्रावण २०७७, शनिबार ०४:५९

    टाेखा चण्डेश्वरी – सपनतिर्थ कोरिडोर निर्माणमा प्रदेश सांसद दिपक निरौलाको स्थलगत अवलोकन:-

    टाेखा लाइभ/नविना श्रेष्ठ

    काठमाण्डौ, श्रावण ३१ शनिबार

    हिजो बागमती प्रदेशका माननीय सांसद दीपक निरौलाले आवश्यक पूर्वयोजना र योजना कार्य संरचनाका लागि टोखा चण्डेश्वरीदेखि देवाक्को र तिलबक्वा हुँदै सपनतिर्थसम्म बन्ने कोरिडोर एक करोडको बजेटमा निर्माण हुन लागेकोमा स्थलगत अवलोकन गर्नु भएको हो।

    प्रशिक्षार्थी पत्रकार सहितको टोली सपनातिर्थ सम्म पुगेर ५० लाखमा वैज्ञानिक ढंगले बन्ने सापनतिर्थ कोरिडोरको स्थलगत अध्ययन गर्नुका साथै टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोल , टाेखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी, टोखा वडा २ सदस्यहरु हेरकाजी डंगोल , पञ्च कुमारी श्रेष्ठ, प्रेमकृष्ण खड्की र इन्जिनियरको उपस्थिति थियो।

    पहिलेदेखि नै सपना तीर्थको खोलालाई दायाँ बायाँ विस्तार गरेर बस्ती आउनुभन्दा अगाडि नै व्यवस्थित कोरिडोर निर्माण गर्ने लक्ष्य रहेको थियो।

    अहिले प्रदेश सरकार बागमती प्रदेश सभा सदस्य दिपक निरौलाको पहलमा यस आर्थिक वर्षको लागि भने एक करोड देखि तिलवक्व सपना तिर्थ सम्मको ५० लाख बजेट प्रदेश सरकार नगरपालिका प्रदेश पूर्वाधार र नदि नियन्त्रणको लागि बजेट विनियोजित गरेको छ। जुन यस बजेटले निर्माण कार्य सम्पन्न हुन गाह्रो हुने भएपनि केही निर्माण कार्यमा प्रारम्भ हुने टाेखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपकराज जोशीले बताउनुभयो।

    लगभग २२ सय मि. सम्म निर्माण कार्य अघि बढ्ने अनुमान गरेको छ। टो. न. पा. वाड नं २ का अध्यक्ष दिपकराज जोशी प्रदेश सभा सदस्यको कुरामा सहमति जनाउँदै चण्डेश्वरी देखि सपनातिर्थ खोला कोरिडोर निर्माण सफल भएमा जुन अहिले व्यवस्थित नभएका र समस्या भोगिरहेका समस्याहरु छन् त्यो सधैको लागि अन्त्य भै समाधान हुनेमा उहाँहरुले बिश्वास व्यक्त गर्नुभयो।

    त्यसैगरी इन्जिनियर सुजन थापाले आवश्यक संरचना पहिले पुर्वाधार बनाउने र आगामी बजेटहरु आए पछि त्यसलाई बढाउँदै अझ व्यवस्थित बनाएमा सपना तिर्थ खोला कोरिडोर भरपर्दो र टिकाउ हुने दाबी गर्नुभयो। त्यसैगरी टोखालाई एक पर्यटकिय क्षेत्र मजबूत गर्नुको साथै टाेखा नपा वडा २ कार्यालयलाई पनि व्यवस्थित तरिकाले राख्नु पर्ने र तलेजु मन्दिर वरिपरि खुला हुनुपर्ने बारेमा पनि प्रदेश सभा सदस्य दिपक निरौलाले जनप्रतिनिधिहरुसँग छलफल गर्नु भएको थियो।

    चण्डेश्वरी मन्दिरको पनि व्यवस्थित तरिकाले पूर्ण निर्माण हुनुपर्ने त्यसपछि स्वस्थानी व्रतको बेलामा पनि चण्डेश्वरी मा आउने भक्तजनहरुलाई सहज तरिकाले पूजा गर्ने वातावरण मिलाइ विकास निर्माण कार्यहरुमा क्षनिक सोचले नभइ यसलाई दीर्घकालीन योजना बनाउदै लैजान प्रदेश सभा सदस्य दिपक निरौलाले सबैसंग आग्रह गर्नुभयो।

    त्यसै गरी यो संम्पदालाई दीर्घकालीन योजनाबद्व भइ हामी सबै अगाडि बढेमा अबको दश वर्ष पछि टोखा एक प्रमुख पर्यटकीय स्थलमा प्रख्यात हुनेमा उहाँले दाबी गर्नु भयो।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै