कोरोना संक्रमित क्षेत्रमा सिल गर्न नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सुरक्षाकर्मीको टोली सहभागी थिए ।
शोभा तामाङ
३० साउन, काठमाडौं । टोखा नगरपालिका वडा नं. ५ स्थित कोरोना संक्रमित क्षेत्रलाई सिल गरिएको छ । वडा ५ को नेचर क्लव पछाडी ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । ४ जनालाई पोजेटिभ देखिएपनि एक जनाको अवस्था अलि गम्भिर भएपछि उनलाई अस्पतालको आईसोलेसन लैजाने तयारी भइरहेको छ । बाँकी ३ जनालाई भने होम क्वारेन्टाइनमा राखिएको छ।
कोरोना पोजेटिभ देखिनेहरुमा एउटै परिवारका ३ जना र अर्को घरमा डेरा गरी बस्ने १ जना पुरुषलाई कोरोना पोजेटिभ देखिएको थियो । ३ जना मध्ये ६२ वर्षे महिलालाई अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उक्त घरको एक जना महिलालाई पहिला नै कोरोना देखिएपछि आइसोलेसनमा लगेर उपचार भइरहेको छ ।
आजै कोरोना संक्रमित क्षेत्रलाई सिल गरि भोलीदेखि नै पुनः कन्ट्रयाक ट्रेसिङको संख्या बढाइने वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो । कोरोना संक्रमित स्थलमा नगर प्रमुख, उप–प्रमुख आफैं सिल गर्न उपस्थित भएका थिए । सिल गर्ने कार्यमा वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु र प्रहरि सहितको टोली सहभागी भएका थिए ।
स्रोत : फरकपत्र