•            
    • TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार ०४:११

    टाेखा धापासीमा जनचेतना फैलाउन स्वयंसेवक समिति गठन गरियो:-

    जय न्यौपाने
    टाेखा लाइभ,श्रावण २९ काठमाडौं । टोखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम राणाको सक्रियतामा तत्काल विश्वव्यापी मंहामारीको रूपमा फैलिरहेको( काेभिड-१९)कोरोना भाइरस रोग समुदायमा थप फैलिन नदिन पहिलो प्राथमिकता रहेको बताउदै उहाँले सम्पुर्ण वडावासीमा सचेत र संयमित रहन प्रेरित गर्नुभयो। हाल संम्म टोखा नगरपालिकामा संक्रमित संख्या ४७ जना पुगिसकेको भए पनि थप सतर्कता अपनाएको कारण ७४% संक्रमित निको भएको २६ % उपचाररत रहेको मध्ये टोखा नगरपालिका वडा नं ९ बस्ने सिन्धुपाल्चोककी एक सुत्केरी महिला, वडा नं ६ टोखा नगरपालिका बस्ने क्यानसर रोगका कारण उपचाररत दीर्घरोघी थप १ महिलाको निधन भए संगै मृत्यु संख्या दुई जना रहेको बताउनु भयो ।
    कुल संख्या मध्ये १३ जना अस्पताल उपचाररत रहेको र संक्रमित मध्ये २ जना सम्पर्कमा आउन नखोजेको कारण स्वास्थ्य टोलीको सकृयतामा तत्काल समन्वय गरि प्रहरी जनप्रतिनिधिहरूको सकृयता सो ठाँउमा कन्ट्याक्ट त्रेसिङ कार्यमा थप जोड दिई पहिचान गरी आवश्यक सहयोग गरिरहेको जानकारी दिनुभयो।

    आज धापसीमा बसेको पन्ध्र सदस्यीय तदर्थ स्वयंसेवक समिति तत्काल गठन गरिएको जानकारी दिइयो। उक्त कार्यक्रम मेयर फोरमले गरेको निर्णयका आधारमा वडा अध्यक्ष राणाले स्थानीय जनप्रतिनिधिहरु गोपी पाठक, वडा स्वास्थ्य प्रमुख राधा कृष्ण श्रेष्ठ, स्थानीय प्रहरी प्रशासन , टो खा न.पा तिलीङटार चौकी प्रमुख राजन ढुंगाना, स्थानिय प्रतिनिधि वडा कर्मचारी, सविनश्रेष्ठ ,प्रवीण मल्ल लगायतका ब्यक्तिहरूको सहभागिता रहेको थियो ।
    उक्त कार्यक्रममा टाेखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम रानाले काेभिड-१९ स्वास्थ्य सचेतना विशेष जनचेतना फैलाउन स्वास्थ्य प्रमुखसंग प्रतिवेदन पेश गराई गृह मन्त्रालय र स्थानीय सरकार को सुचना निर्देशनलाई पालन गराई थप सकृयता सहयोग तत्काल पुर्याउनको लागि स्वयंसेवक समूह वडा नं ७ को वडा कार्यालय धापासीमा गठन गरिएको बताउनुभयो।

    टोखा नं.पा वडा ७ धापासी वडामा आयोजित कार्यक्रममा जनप्रतिनिधि गोपी पाठकका अनुसार सेवा भाव र सहकार्यले नै स्वस्थ्य समाजको निर्दिष्ट लक्ष्य पुरा हुने बिस्वास लिएको बताए। कार्यक्रममा स्वयंसेवक र कर्मचारी तत्काल परिचालन गरी प्रत्येक घर- घर मा कोभिड १९ रोग न्यूनीकरण जनचेतना मुलक कार्यक्रम गरी तत्काल कार्यान्वयन गरिने निम्नलिखित निर्णय गरिएको वडा सचिवले प्रस्तुत गरिएको सो निर्णय यस प्रकार रहेको छ।
    १)जनचेतना मुलक पर्चा,माक्स सेनिटाइजर बितरण गर्ने
    २) स्वयंसेवक परिचालन गरी सडक पेटी ,ठेलागाडा पसल भिडभाड नियन्त्रण साथै ब्यबस्थापन गर्ने।
    ३)अव्यवस्थित सवारी साधन पार्किंग ब्यबस्थापन गर्ने गराउने।
    ४)अव्यवस्थित रूपमा सडक पेटीमा राखिएको निर्माण सामग्री तुरून्त हटाउने र व्यवस्थापन गर्ने।
    ५) बाटो सडक पेटी सधै सफा व्यवस्थित गर्न पहल गर्ने।
    ६) अव्यवस्थितरूपमा राखिएका साईनबोर्ड होडिङ्गबोड हटाउने।
    ७) बजार अनुगमन गरी अनियमितता गरेको पाइएमा स्थानीय निकाय लाई तत्काल सुचना गर्ने।
    ८) स्थानीय वडा स्वास्थ्य कर्मचारी प्रतिनिधि प्रहरी ,स्वयंसेवकहरू बिच समन्वय गरी आवश्यक सकृयतामा अगाडी बढ्ने , भिडभाड हुन नदिने ।
    ९) नियन्त्रण र उच्च जोखिम क्षेत्र तत्काल पहिचान गर्ने।
    १०) यस वडामा संन्चालन भएको मदिरा पसलहरूलाई व्यवस्थित ब्यबस्थापन पहल गर्ने।
    ११) कवाडी संकलन ब्यबस्थापन सेवा ठेलागाडा पसल जन्य अन्य व्यवसाय गतिविधि तत्कालको लागी नियन्त्रण पहल गर्ने।
    १२) यस वडा भित्रका संम्पूर्ण लागु पदार्थ दुर्वेसनि सम्बन्धी गतिविधि पहिचान गरी नियन्त्रणमा आवश्यक पहल गर्ने ।
    १४) निर्णय का साथै स्वयंसेवकहरूले पालन गर्नु पर्ने आचार संहिता प्रती प्रतिबध्द रही सेवा गर्ने क्रममा परिचयपत्र मास्क ड्रेस सेनिटाइजर लगायत का थप आवश्यक सामग्री स्रोत व्यवस्था वडा कार्यालयले गर्ने गराउने ।

    मानव सेवामा भावनात्मक कार्य
    साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम संन्चालन गर्न गराउन महानगरीय प्रहरी प्रभाग तिलीङटार चौकीले माग गरे अनुरूप आवश्यक सामग्री खरीद गरी वितरण गर्न आवश्यक पर्ने रकम वडा कार्यालय मार्फत निकासा गर्न नगरपालीकालाई अनुरोध गर्ने बारेमा स्पष्ट जानकारी दिदै अध्यक्ष राणाले समितिको कार्यक्रममा स्वास्थ्य कर्मचारी,प्रहरी , स्वयंसेवक एवं वडा जनप्रतिनिधिहरुको पुर्ण सकृयतालाई निरन्तर सहयोग साथ र बिस्वास रहेको उहाँले बताउनु भयो।

    ( जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै