टाेखा लाइभ, श्रावण २८ काठमाडौं : टोखा नगरकार्यपालिकाको कार्यालय टोखा नगरपालिका ग्रीनल्याण्ड, मैजुहिटीले एक सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमण बढेकोले २१ दिन कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा जनाएको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्रका नगर प्रमुखहरुको ‘मेयर फोरम’को निर्णयअनुसार सम्पुर्ण नगरपालिकाहरु २०७७/४/२६ गतेदेखि र टोखा नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार २०७७/०४/२७ गतेदेखि नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २१ दिनसम्मको लागि बन्द गरिएको टोखा नगरपालिकाले बताएको छ।
कार्यालय बन्द रहेपनि कोभिड–१९ तथा कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्य जारी रहन्छ । स्वास्थ्य सम्बन्धी नियमित सेवा प्रदान गरिनेछ । विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य हुनेछ । अत्यावश्यक कामको लागि सवारी पास तथा नगर प्रवेश अनुमति गर्न सिफारिस गरिनेछ ।