टाेखा लाइभ ,श्रावण २८ काठमाडौं : आज टाेखामा बसेको एक भेलामा टाेखाकाे श्री इन्द्रायणी दापा खल:को बैठकले ४ महिना संचालन हुने चतुरमास भजन स्थगित गर्ने निर्णय गरेको हो ।हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको काेभिड-१९ कोरोना भाइरसले गर्दा विस्वमा लाखौंको संक्रमण बढिरहेको हुनाले नेपाल सरकारले पनि अत्यधिक रुपमा बढिरहेको कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सरकारले दिएको आदेशअनुसार टाेखा नगरपालिका वडा ३मा रहेको श्री इन्द्रायणी दापा खलः चतुर्मास भजन (चार महिना सम्म चल्ने भजन) प्रभावित भएकोले सरकारको निर्देशनलाई पालना गरि हाल हुने सम्पूर्ण भजन तथा सांस्कृतिक चाडपर्व स्थगित गरेको हो।
साथै स्थगित कार्यक्रम सरकारले अर्को आदेशको व्यवस्था नभए सम्म पालना गर्ने निर्णय गरेको श्री इन्द्रायणी दापा खल:का अध्यक्ष प्रकाश डंगोलले बताए।
सांस्कृतिक परम्परालाई जोगाई राख्न महत्वपूर्ण भूमिका निरन्तर खेल्दै आइरहेको श्री इन्द्रायणी दापा खल:ले यसअघि टाेखामा बृहत सांस्कृतिक प्रदर्शन र बृहत लाखे प्रदर्शन पनि सम्पन्न गरिसकेको छ।