•            
    • TOKHA LIVE

    • २८ श्रावण २०७७, बुधबार १९:२१

    टाेखा नगरपालिका वडा. ४ धापासीमा चण्डेश्वरी मन्दिरको पुर्णस्थापन गरियो।

    साेनी डंगोल
    टाेखा लाइभ ,२७ काठमाडौं । टाेखा नगरपालिका वडा नम्बर ४,फैमलचूली,धापासीमा रहेकाे चण्डेश्वरी मन्दिर पाटी निर्माणको क्रममा बिभिन्न देवी देवताको मूर्ति पदस्थापना र एक धार्मिक यज्ञको आयोजना गरि सम्पन्न गरियो ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाको काठमाण्डौ जिल्ला कमिटीको सदस्य एवम नगर प्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख ज्ञान माया डंगोल,वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा सदस्यहरु,विभिन्न राजनीतिक दलको नेताहरु र स्थानीय भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    मन्दिरमा सामाजिक दुरी कायम गर्दै स्थानीयकाे धार्मिक अास्थालाई मध्यनजर गर्दै धुमधाम विधिका साथ पुजा सम्पन्न भएकाे काजी थापाले बताएकाे छ।
    कार्यक्रम सामजिक दूरी कायम गरी व्यवस्थित गरिएको थियो ।

    मन्दिरलाई अझै सुन्दर बनाउन स्थानीय भक्तजनहरुले अरु थप मुर्ति राखेकाे र गमलाहरुमा वृक्षरोपण गरिएकाे छ ।भक्तजनहरुकाे व्यवस्थापन कार्यमा सहयोगी भुमिका रहेको सुरेन श्रेष्ठले बताएको छ।

    (सोनी डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै