•            
    • TOKHA LIVE

    • २७ श्रावण २०७७, मंगलवार १८:२६

    टोखामा सबै जात्रापर्व र भेला स्थगित गर्न नगरपालिकाको आह्वान:-

    टाेखा लाइभ, २७ साउन ।उपत्यकाका मेयरहरुको संयुक्त बैठकले कोरोना भाइरस समुदायस्तरमा फैलिरहेको ठहर गर्दै सभासम्मेलन र सार्वजनिक कार्यक्रम रोक्ने निर्णय गरेको भोलिपल्ट टोखानगर कार्यपालिकाको कार्यालय टोखा नगरपालिकाले नगरभित्र हुने सबै जात्रा, पर्व, सभासम्मेलनजस्ता गतिविधि रोक्ने निर्णय गरेको छ ।

    काेभिड-१९ कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न सार्वजनिक कार्यक्रम नगर्न सूचित गरिएको नगरप्रमुख प्रकाश अधिकारीले सूचना जारी गर्दै टाेखा नगरपालिकाको सूचनामा बताएको छ।
    कृष्णाष्टमी जात्रा पनि स्थगित
    टाेखा नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गर्ने तयारी गरेका बेला टोखामा वर्षेनी हुँदै आएको कृष्णअष्टमी जात्रा पनि प्रभावित भएको छ । टोखा वडा नं २ को सपनतीर्थ दाफा खलःले यसघि नै एक सूचना जारी गर्दै कोभिड – १९ कोरोना भाइरसका कारण कृष्णअष्टमी जात्रा नगर्ने भएपनि पुजा मात्रै गरि जात्रा पर्व मनाउने घोषणा गरिसकेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै