•            
    • TOKHA LIVE

    • २५ श्रावण २०७७, आईतवार १५:२२

    टोखा -४ धापासीमा खाना पकाउने ग्यास लिक हुदा आगलागी:-

    टाेखा लाइभ ,साउन २५,काठमाडौं: टोखा नगरपालिका वडा नं ४ धापासीमा ग्यास लिक हुँदा आगलागी भएको छ । आज बिहान वडा नं ४ का नेकपा काठमाडौंका नेता नारायणभाई श्रेष्ठको घर अगाडी रहेको मंगलदास श्रेष्ठको घरमा डेरा गरि बस्ने ममता श्रेष्ठले ग्यास खोल्ने क्रममा आगलागी भएको हो।

    उक्त स्थानमा भएको आगलागीलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।समयमा नै स्थानीय र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रण हुँदा ठुलो जनधनको क्षेती नभएको एक स्थानीयले जानकारी दिएका छन।

    (यो समाचार सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार सोनी डंगोल र सुरेन श्रेष्ठले तयार पारेका हुन् )

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै