•            
    • TOKHA LIVE

    • २१ श्रावण २०७७, बुधबार ०७:२४

    टोखामा गाइजात्रापछि यसरी मनाइन्छ हिलेजात्रा:-


    नवि श्रेष्ठ
    टाेखा लाइभ, श्रावण २१ बुधबार ,काठमाडौं : टाेखामा गाईजात्राको भोलिपल्ट हिले जात्रा मनाउने चलन छ। टाेखामा हिलेजात्रा आरम्भ हुनुभन्दा पहिले नायखीं बाजा बजाएर नायखीं च्वयके गरिन्छ ।

    यसरी नायखीं च्वयके गरिदा वर्षभरि घटेका घटनाहरु खुलेका विभिन्न अनेकौं राजनीतिक समाजिक,बिकृती बिसंगति विरुद्ध ब्यंग्यात्मक प्रस्तुति दिइ सचेत गर्ने उद्देश्यले नायखीं च्वयके गरिन्छ।
    जात्रामा उपस्थित भएकाहरुलाई सकेसम्म पेट मिचिमिची हसाउने उदेश्यले विभिन्न अपशब्द पनि प्रयोग गर्ने गरिन्छ ।

    पहिल पहिला टोखामा गाइजात्रामा मनाइने हिले जात्रा धेरै रमाइलो हुन्थ्यो रे हिजो आज विभिन्न बाधा अद्चनका बिचमा पनि यस्तो परम्परा जोगाउन स्थानीय संस्कृति प्रेमीहरु निरन्तरता लागिरहेका छन् ।
    टाेखा जात्राको नेतृत्व गर्ने एउटा समूह हुन्छ। हालसम्म टाेखामा हिले जात्राको जति नै कार्यक्रम हुँदै आएको छ। त्यो टाेखाकाे सपनतिर्थ धां खलको नेतृत्वमा यो पर्व धान्दै आइरहेको बुढापाकाहरु बताउँछन् । गाईजात्रा भन्दा एक महिना अगाडि नै बाजा बजाएर टोलमा मुल नायकेले विभिन्न पर्वमा सहभागी भै हिलेजात्रा आउँदै गरेको संकेत गरेका हुन्छन ।

    उहाँहरुले हिले जात्राको अगाडि अघि सर्दै गुंला बाजाको ढोलक,धा बाजा फुस्याको तालमा दिउँसो असारे भाका व बार्हेमास गितमा २५/३० जना स्थानीय सो गीतमा बोलबोल मा गुंला बाजाको तालमा टाेलटाेलमा नाच्दै रोपाइँ गर्ने गरिन्छ। बार्हेमास गित भन्नाले जुन गीत नेवारी नेपाल भाषाको चर्चित फिल्म सिलुको गीत पनि भन्ने पनि गरिन्छ ।

    बाजा बजाउदै नाच्ने नेतृत्व गरिरहेका उनीहरुले जिउमा सेतो जामा र शिरमा सेता फेटा बाँधेका हुन्छन्।
    र बाजा बजाउनेहरु दौरासुरवाल इस्तकोट,पतुका फेता लगाएका हुन्छन् । कम्मर मर्काई मर्काई बाजा बजाउँदै उनीहरुको अगाडि बढ्छन् । भने अगाडि अगाडि ६/७ जना मानिसहरु जोडीमा गोरु झैं नारिएर हिँड्दा पछाडिबाट हलो जोत्दै हसाउदै आइरहेका हुन्छन् । पहिला टाेखामा मिल्ने साच्चिकै ५/६ हल गोरु नै नारिएर यसरी हलो जोत्दै आउने गरेको बुढापाकाहरु बताउँछन।

    चलाइएका गोरु जुधाईको ढाँचामा हेर्ने व्यक्तिहरु कहिले दायाँ कहिले बायाँ गई मान्छेलाई हान्दै अघि देखिन्छ जसले गर्दा हेर्ने दर्शकहरुको पेट मिचिमिचि हास्ने गरेको पाइन्छ । यसभन्दा कोहि मान्छेहरु बाजाको तालामा कोदालो बोकेका व्यक्तिहरु खेत खन्ने र सम्याउने नक्कल गर्दै अघि बढेका देखिन्छन्। टाेखा नगरपालिका २ को थने लाछि टोलबाट आरम्भ भई टाेखा नगरपालिका ३ को टाेल गल्लीमा घुम्दै फेरि त्यही थने लाछि (माथिल्लो लाछी)टोल पुगेपछि समाप्त हुने यो हिलेजात्रा निकै रमाइलो पर्व हो।

    हिले जात्रा सम्पन्न भइसकेपछि बाजा खलः सपनतीर्थ धा खल को नेतृत्वमा हिले जात्रामा सामेल हुने सम्पुर्ण सहभागीहरुलाइ खाजा ख्वाउने व्यवस्था गरिएको हुन्छ। त्यस पछि पनि विभिन्न अभिनय धाचा हरेक किसिमका
    समुह तोल् घुमेर व्यंग्य गर्दै दर्शकलाई हसाउन अाउने कार्यक्रम साझ सम्म चलिरहन्छ ।
    फाइल फाेटाे : प्रकाश डंगोल

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै