टाेखा लाइभ:टाेखा नगरपालिका कार्यालयको आयोजनामा आज मिति २०७७ जेष्ठ ७ गते टाेखा नगरपालिका अन्तरगत विभिन्न ४ स्थानमा जम्मा ७९६ जना व्यक्तिहरूको CoVID-19 का लागि जाँच गरिएको उक्त जाँच मध्ये २९३ जनाको PCR विधिवाट Sample लिई जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाईएको र उक्त परिक्षणको नतिजा केहि दिनमा प्राप्त हुने र ५०३ जनाको RDT विधिवाट परिक्षण गर्दा १३ जनामा RDT जाँच पोजेटिभ (IgM and/or IgG) भेटिएको हुँदा उक्त व्यक्तिहरूलाई नगरपालिकाको क्वारेन्टाईनमा राखिएको तथा निजहरूको PCR जाँचको लागि Sample समेत पठाई सकिएको टाेखा नगरपालिकाले जनाएको छ ।
साथै सो अत्यन्त सराहनीय कार्यमा सहयोग पुर्याएको भन्दै ग्राण्डी इन्टरनेस्नल अस्पताल, ईशान बाल तथा महिला अस्पताल, ग्रिन सिटी अस्पताल र विनायक अस्पतालप्रति टाेखा नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ जनाएको छ।
हालसम्म जाँच गरिएको संख्या:
स्थान सहयोगी | PCR | RDT | जम्मा | |
टोखा प्रा.स्वा.के. ग्राण्डी अस्पताल | ८८ | १५४ | २४२ | |
श्री समाज भवन इसान अस्पताल | ५१ | १२३ | १७४ | |
हेराल्ड कलेज ग्रिनसिटी अस्पताल | ८८ | १३४ | २२२ | |
कान्तिपुर स्कुल् विनायक अस्पताल | ६६ | ९२ | १५८ | |
जम्मा | २९३ | ५०३ | ७९६ |
जम्मा RDT positive संख्या: १३जना