टाेखा लाइभ १९ साउन । टोखा नगरपालिकाको मनोरथ तीर्थमा बनेको नयाँ पक्की पुलको सोमबार उद्घाटन गरिएको छ ।
टाेखा नगरपालिकाको आफ्नो ८ र ११ नम्बर वडा बराबर जोड्ने सो पुल ३ करोड २३ लाख बराबर लागतमा बनेको हो ।
१५ मिटर लामो सो पुलको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज उद्घाटन् गरेका हुन् ।
अघिल्लो बर्ष असारमा निर्माण सुरु भएको थियोे ।
पुलको निर्माण छिटो भएको भन्दै नगरप्रमुख अधिकारीले निर्माण कम्पनीको प्रशंसा गरे । उद्घाटन समारोहमा टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल , जनप्रतिनिधिहरु , स्थानीय उपभोक्ता बासिन्दाहरु,विकासप्रेमिहरु र जनसमुदायहरु लगायतको सहभागिता रहेको थियो।