टाेखा लाइभ,श्रावण १६ काठमाडौं: अधिराज भरि विभिन्न ठाँउहरुमा आ-आफ्नै तरिकाले गाइजात्रा मनाउदै आइरहेको छ।
विशेष गरि गाईजात्रा भन्ने बितिक्कै नेताहरुलाइ ब्यग्य गर्ने,क्यारिकेचर गर्ने हाउभाउ गर्ने मात्र नभएर समाजमा भै रहेका बिकृती बिसङती बिरुद्ध भण्डाफाेर गरि समाजलाई सुसूचित गराउने महान पर्वको रूपमा यस्लाइ लिदै आइरहेको छ।
बिगत १० वर्ष देखी टाेखामा गाईजात्राको अवसर पारेर प्रदर्शन हुँदै आइरहेको कार्टुन प्रदर्शन यसपाली स्थगित गरेको आयोजक टाेखा कला पुच:ले बताएको छ।
हाल विस्वभर फैलिरहेको महामारी काेभिड-१९ कोरोना भाइरसका कारण स्थगित गरेको भए पनि सो कार्टुन भने सामाजिक संजालमा हेर्न सकिने टाेखा कला पुच:का अध्यक्ष हरिबहादुर श्रेष्ठले टाेखा लाइभलाई बताउनु भयो।