•            
    • TOKHA LIVE

    • ११ श्रावण २०७७, आईतवार १२:३२

    इनार सफा गर्ने क्रममा निसासिएर मृत्यु।


    टाेखा लाइभ
    ११ साउन, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ मा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई टोखा वडा नं. ७ तिलिङटार बस्दै आएका ५० वर्षिय उधम रायमाझि तिलिङटार माध्यमिक विद्यालयमा सेक्युरिटी गार्डको काम गरि जिविकोपार्जन गर्दै आइरहेका बुझिएको छ।
    आज बिहान करिव ८ः१५ को समयमा ग्राण्डी अस्पताल नजिकै आमन्त्रण फार्मेसी सँगै रहेको चन्द्र श्रेष्ठको घरमा इनार सफा गर्न लागेको समयमा निजको मृत्यु भएको हो । मृतकलाई प्रहरीले इनारबाट बाहिर निकालेको छ । शबलाई अहिले टिचिङ अस्पतालमा पोसमार्टमका लागि नेपाल प्रहरीले बताएको छ।

    अक्सिजनको अभावका कारण मृत्यु भएको छ । इनारको ढकनी खुल्नेवित्तिकै भित्र पसेका कारण उनको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
    फाेटाे: फरक पत्र

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै