टाेखा लाइभ,श्रावण १० काठमाडौँ । टोखा नगरपालिका ३ न वडा कार्यालय अगाडि रहेको सरस्वती पोखरी निर्माण कार्य सम्पन्न भएको छ। बिगत २० वर्षदेखि लथालिंग अवस्थामा रहेको सो पोखरी अहिले निर्माणपछि दुलही जस्तै सिंगारिएको छ ।
टाेखा नगरपालिका को समन्वय गरि वडाले यस सरस्वती पोखरी निर्माण सम्पन्न गरे पछि यसबारे अध्यक्ष सिंह राज श्रेष्ठ भन्नुहुन्छ ” कार्यालयअगाडि बिसौ वर्ष अस्तव्यस्त रहेको पोखरीलाई हामीले वडा मार्फत २०लाख पहिलो चरण र काम सम्पन्न गरिसकेपछि थप रु५ लाख रकम थपेर बिजुली पोल गांड्ने, बत्ती बाल्ने, ढुङ्गा सोलिङ गर्ने, दुबो रोप्ने , फुलहरू रोप्ने र बगैचाहरु र यसरी सम्पन्न गरेको अवस्था छ।
” त्यस्तै एउटा प्राकृतिक सुन्दरता बढाउने रुपमा हामीले हेरिरहेका छौं यस पोखरीको सन्दर्भमा टाेखाका सम्पूर्ण बासिन्दाहरु सहित सहयोग हातहरु,उहाँहरूको सहयोग ,सरसल्लाह मार्फत सुझाव अनुसार हामीले पोखरी निर्माण गरेका छौं ।
र पोखरी निर्माण गर्दै गर्दा भन्नुपर्दा सम्पूर्ण टोखा बासीहरु मा धन्यवाद दिन चाहन्छु” उहाँले भन्नुभयो साथै उहाँले फेरि पोखरीसँगसँगै अब जुन खाली सरस्वती चौर छ त्यस ठाँउमा ढुङ्गा सोलिङ्ग गर्ने र सरस्वती मन्दिर निर्माणमा हामी लागेका छौं अब केही महिना पछि काम सुरु हुने वाला छ यसको लागि सो कार्यको लागी सम्झौताको लागी पहल भइरहेको उहाँले टाेखा लाइभलाई बताउनुभयो।