•            
    • TOKHA LIVE

    • १० श्रावण २०७७, शनिबार २२:३४

    टाेखामा बंदेलको आतंक


    सानुराज डंगोल
    टोखा, काठमाडौं, १० साउन । टाेखा नगरपालिका वडा नं.१ स्थित फुलबारी,बिडारी गाउँमा बंदेल आतंक बढेर गएको छ ।स्थानीय बिडारी गाउँमा लगातार बंदेलले अातंक मचाइरहेको पीडित किसानहरु बताउछन् । स्थानीय किसानहरु बाबुकाजी पाण्डे , बिन्दा पाण्डे र बद्रीप्रसाद बिडारी लगायतको १० रोपनी जग्गामा लगाइएको मकैबारी बंदेलले सखाप पारेको पीडित किसानहरुले बताएका छन् ।

    शिवपुरी राष्ट्रिय निकुञ्जका बंदेलहरु प्रायः जसो गत असार १५ देखि मकै, कोदो ,आलु खान तल झर्ने गरेको स्थानीय युवा जयकुमार पाण्डेले टाेखा लाइभलाई बताए । ‘ बंदेल धेरै जसो राति आउने गरेको छ भने कसैले बंदेल भगाउन राति थाल बजाउने गर्दछन् तर पनि केहि सिप लाग्दैन ‘ – उनले भने। अर्का पीडित युवा सुशान्त बिडारीले भने – ‘ हामीलाई बर्षेनी यसरी बंदेलले दु:ख दिदै आएको छ। यो शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र छिर्न र आउन खुल्लम खुल्ला हुनाले जनावरले दु:ख दिएको हो । यो समस्याबाट छुटकारा पाउन शिवपुरी राष्ट्रिय निकुञ्जले पर्खाल लगाएको भएपनि भत्किएको र तारबार लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।’

    निकुञ्जको नियमानुसार क्षतिपूर्ति वापत रोपनीको रु दश हजार पाउने प्रावधान छ। अब यो समस्याको समाधान र क्षतिपूर्तिको पहल गरिदिन आफुहरुले वडामा दाबीसमेत गरेको स्थानीय युवा जयकुमार पाण्डेले बताए ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै