•            
    • TOKHA LIVE

    • ९ श्रावण २०७७, शुक्रबार १४:२२

    ईन्द्रायणी सामुदायिक बन टाेखाद्वारा विभिन्न जातका फलफूल र अन्य विरुवा वितरण कार्यक्रम सम्पन्न:-

    टाेखा लाइभ,श्रावण ९ काठमाडौं : “रुख बिरुवा रोपी वातावरण जोगाउँ र दिर्घायु बनौं” भन्ने मूल उद्देश्यका साथ आज ईन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा डिभिजन वन कार्यालय काठमाडौंको सहयोगमा टाेखा नगरपालिकाको वडा३ मा विभिन्न जातका फलफूल र अन्य विरुवा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा डिभिजन वन कार्यालयबाट पन्ध्रसय बिरुवा सहयोग गरेको हो। विभिन्न प्रजातिका बिरुवाहरुमा कोइराला,बिरेन्द्रफुल, अमला, कल्की ,लप्सी, राजवृक्ष कनिका फुल , तेजपात,ताेतला,पारिजात , टिमुर र रिठ्ठा गरी विभिन्न पन्ध्र प्रजातिका बिरुवाहरु निःशुल्क वितरण गरेको हो। कार्यक्रममा टोखा नगर प्रमुख प्रकाश अधिकारीले टाेखाबासीहरुलाई बोटबिरुवा वितरण गर्दै भन्नुभयो ” सांस्कृतिक सुन्दर ठाउँ यो सहर भुटखेल चौरमा सामुदायिक वनलाई संरक्षण र सम्बर्धन गर्नका लागि वास्तवमा टोखा नगरपालिकाका आम यसभेगका नगरवासीहरुले अत्यन्त महत्वपूर्ण भूमिका खेल्नुभएको छ आज विभिन्न सार्वजनिक जग्गाहरु प्लटिङ्ग गर्ने,अतिक्रमणमा परेर जग्गाहरु हड्पिइरहेको,मासिरहेको छ।

    तर यसै ठाउँका टोखा नगरवासीहरु र संघसंस्थाहरुले विगतमा यो सार्वजनिक सम्पत्तिलाई संरक्षण गरि आज यो मुहार फेर्नु भयो। यस्को मुख्य आधार श्रेय भनेकै टाेखा नगरवासी भएको र यहाँहरुको विश्वासलाइ आत्मसात गर्दै टाेखा नगर बनाउनेअभियानमा अगाडि बढिरहेको भन्नुभयो” यो सफल हुनुमा यहाँ टाेखा नगरवासी भएकोमा नगरप्रमुखको हैसियतले र टाेखा नगरपालिकाकाे तर्फबाट सम्पूर्ण टाेखा नगरवासीलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ” भन्नु भयो।

    कार्यक्रममा दुइसयभन्दा बढी टाेखाबासीलाई नि:शुल्क बाेटविरुवा उपलब्ध गराएको हो। कार्यक्रममा डिभिजन वन अधिकृत काठमाडौंका बद्री कार्की कर्मचारी राेशना पोखरेल त्यसैगरी जनप्रतिनिधिहरु नगरप्रमुख प्रकाश अधिकारी उपप्रमुख ज्ञानमाया डंगोल,वडा अध्यक्ष सिंहराज श्रेष्ठ ,वडासदस्य हरिमान श्रेष्ठ र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वडा अध्यक्ष सिंहराज श्रेष्ठले २०६०सालमा यो वन दर्ता गरेको संमरण गराउदै यस भुटखेल सामुदायिकका रुखहरु पहिला यसै रुख कटान गरेर त्यै रुखबाट मर्दापर्दा चलाउने गरेको बताउनु भयो।

    जस्ले गर्दा पहिरो जाने भएकोले हाल सो ठाउँमा पर्खाल लगाएर सार्वजनिक बनको जग्गा संरक्षित गरेको हो भने सार्वजनिक ठाउँमा मराेणाेपरान्त गरिने ठाँउमा दुःखकष्ट खेप्दै लास जलाउनु पर्ने विद्यमान परिस्थितिको सामना गर्दै पाटी निर्माण टाेखा नगरपालिकाको समन्वयमा वडाले सम्पन्न गरिसकेको र सो धार्मिक क्रियाकलाप कार्यमा टोखा नगरपालिकाले टेवा पुर्याउँदै आइरहेको बताउनु भयो । उहाँले यस्ता सार्वजनिक सम्पत्ति जोगाएर राख्न सबै टाेखा नगरबासीहरुमा आग्रहसमेत गर्नुभयो।

    कार्यक्रममा डिभिजन बन अधिकृत बद्री कार्कीले ” विभिन्न सामुदायिक वनहरुमा हालसम्म पचास हजारभन्दा बढी उपभोक्ताहरुलाई विरुवा वितरण गरिसकेको र लायन्स क्लबलाई पाँच हजार बाेटबिरूवा उपलब्ध गराइ सकेको बताउदै उहाँले यस बोटबिरुवा वितरणमा सरिक हुनु भएका टाेखा नगरबासीहरुलाई बोटबिरुवा मान्छेको लागि अत्यन्त उपयोगी औषधिको रुपमा समेत काम गर्ने बिरुवा भएकोले यसलाई लगेपछि विरुवालाई स्याहार गर्न आग्रह गर्दै हरियाली प्रवर्धन गर्न यसै वर्ष राष्ट्रिय वृक्षारोपण वर्ष अभियान थालेको कार्यक्रममा उहाँले बताउनु भयो। त्यस्तै आयोजक सामुदायिक वनका अध्यक्ष सुर्यमान डंगोलले ” हाल बनमा पहिरो जानबाट जोगाउन उक्त ठाँउ मा निगालो बाँस र उतिस रोपिसकेको र यस वनलाई संरक्षण गर्न जाली राख्न तारबार गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको खण्डमा अझै संरक्षण हुने बताउनु भयो।

    हाल सो हरियालीबनमा प्रवेश गर्न रु १० शु:ल्क लगाएको भएपनि अपाङ्ग र अशक्त हरुलाई निःशुल्क प्रवेश गराउने व्यवस्था रहेको छ। साथै उहाँले सामुदायिक वन जोगाउन आफूले यस सम्पत्तिलाई भ्याएसम्म संरक्षणमा लागिरहने पनि बताउनु भयो।

    Exif_JPEG_420
    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै