•            
    • TOKHA LIVE

    • ४ श्रावण २०७७, आईतवार १४:३९

    टाेखाको घण्टाकर्ण:-

    • माेतीलाल श्रेष्ठ
      श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण नेवार समुदायमा ठूलो चाडमध्ये एक हो। हाम्रोमा गठामुंगःनं ग्वयाहई सिथिनख: न सिधइ अर्थात घण्टाकर्ण बाट सुरु हुने चार पर्वहरु सिठी नखः( जेष्ठ शुक्ल पक्ष षस्ठि)बाट अन्त्य हुन्छन्। घण्टाकर्ण देखि सिठी नखः सम्म हरेक १५ दिन अथवा महिना महिनामा एउटा न एउटा पर्व आइ नै रहन्छ ।यस विषयमा एउटा ठट्टा वा वास्तविकता यस्तो छ। एउटा परिवारमा एउटा छोरो छुट्टिएर छुट्टै भान्छा गरेछ।चाडपर्व आइरहे नै रहे।पाँहा ब्वनेगु( आफन्त छोरि ज्वाइलाई भोज खुवाउने) गर्नै पर्यो। चाडपर्वको खर्चवर्चले उसलाई थिचो ।दिक्क भएर उसले अरुलाई सुनायो,” यसपाली जस्तो छिटोछिटो चाडपर्ब आएको त कहिल्यै थाहा भएन।”थाहा होस् पनि कसरी ? अरु बेला बाआमाको खर्च बाट खाई पिई आएको अब त आफ्नै थाप्लोमा परेपछि पर्वहरु छिटो छिटो आए जस्तो लाग्यो ।वास्तवमा नियमित नै हो छिटो र ढिलो त हुँदै होइन। घण्टाकर्ण स्व निग:उपत्यकामा प्रायः सबै ठाउँमा मनाइए पनि प्रत्येक ठाउँ र बस्ती पिच्छे फरक हुने गर्दछ ।उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर जहाँ-जहाँ नेवारहरूको बाक्लो बस्ती विशेषगरी सदरमुकाम बजार तथा व्यापारिक हिसाबबाट नेवारहरुले कब्जा गरेको ठाउँ छ त्यहाँ घण्टाकर्ण पर्व मनाउने गरेको देखिन्छ। उपत्यकामा त फरक हुन्छ भने बाहिर हुनु त झन् स्वभाविक नै भयो। घण्टाकर्ण को बारेमा विभिन्न लोककथन र भनाईहरु प्रचलित रहेको पाइन्छ। मैले सुनेका केही यस्ता छन् :मैले सुनेका यस्ता छन्: धेरै पहिले यस उपत्यकामा एउटा राक्षेस थियो रे घरका अभिभाकहरु रोपाईमा व्यस्त हुँदा दिनहुँ एउटा एउटा केटाकेटीलाई समातेर खान्थ्याे रे यसरी दिनहुँ बालबालिका हराउदै गएपछि सबै मानिसहरु चनाखाे भएर चियो गर्न थाले ।सबैजना घरमै बसेर चियो गर्दा राछेस समातियो। मार्न खोज्दा राक्षसले नमार्नमा अनुनयविनय गर्यो। त्यसपछि सबै मिलेर राक्षसको कानमा घण्ट झुण्डाईदिए छन्। बालबालिकालाई घण्ट बजेको आवाज आयो भने सतर्क हुनु भन्ने सल्लाह पनि दिए। कानमा घण्ट झुन्डिएको हुनाले त्यस दिनदेखि राक्षसलाई घण्टा कर्ण भन्न थालियो रे ।
      यो भनाई नमिले झैँ लाग्छ ।त्यसो भए पनि गधा:( घण्ट बजाउने )बाट गठा मुग :चर्हे( चतुर्दशी)बाट गठामुंगः चर्हे हुन आएको हो कि भन्ने लाग्छ।
      अर्को भनाइअनुसार जीवनभर भगवानको नाममै सुन्न नचाहनेले एउटाको नाम सुन्नु पर्ला भनी कानमा घन्ट ल्याएर हिँड्ने नास्तिक धर्ममा भन्दा कर्ममा विश्वास गर्ने एउटा मान्छे झुन्डयाएर हिदने नास्तिक धर्ममा भन्दा कर्ममा विस्वास गर्ने एउता मान्छे कालगतिले मरेछ। दिनकै कमाएर दिनमै सिध्याउने त्यस मान्छेको आफन्त कोही नभएकोले लास उठाउनका लागि चन्दा उठाउने व्यवस्था गरिए छ। त्यसै भएर यस पर्वका दिन अहिले पनि कहीँ कहीँ केटाकेटीहरु आजु जय हा” भनी नाङ्लोमा चन्दा उठाउँदै हिड्ने गरेको लोक भनाइ पनि यस पर्वसँग जोडिएको पाइन्छ । अर्को किवदन्ति अनुसार पहिला-पहिला स्व नग: उपत्यकामा भयंकरको गथामुग:नाम गरेको राक्षस थियो रे । त्यस राक्षसको अगादि यस राज्यको कसैको पनि केही लागेन छ एकजना तान्त्रिकले भ्यागुतोको रुप धारण गरी त्यस राक्षसलाई मार्ने उपाय सोचि राक्षस आउने बाटो कुरेर बसे छ। नभन्दै राक्षस त्यही बाटो हुँदै आएको देखियो ।नजिक अायपछि भ्यागुतोले सोधेछ तपाईं कहाँ जान लाग्नुभएको ? राक्षसले उत्तर दिनुको साटो उल्टै प्रश्न गर्दै उत्तर दिएछ” म कहाँ जान लागेको भनेर तलाई थाहा छैन म मान्छे को भोजन गर्न जान लाग्या नि।” राक्षसको कुरा सुनेर तान्त्रिक भ्यागुतोले भनेछ मलाइ त खान सक्नुहुन्न तपाईले मान्छेलाई कसरी खानुहुन्छ भ्यागुताको कुरा सुनेर राक्षसलाई ज्यादै रिस उठेछ रिसको झोकमा उसले भ्यागुतालाई लखेट्न थालेछ ।भ्यागुताे कुट्दा कुट्दै धापमा पुगेछ राक्षस पनि धापमा पुगेर भासिएछ राक्षस भासिएर अलपत्र परेको कुरा तान्त्रिकले तुरुन्तै अरुलाई सुनाए ।मान्छे हरुजम्मा भएर ढुंगाले हानि राक्षसलाई मारे। त्यसैले गर्दा हाम्रो समुदायका मानिसहरु गुन्हु पुन्हि गुरु पूर्णिमाको दिन पहिलेको गुण सम्झेर खेतमा लगी अहिलेपनि भ्यागुतालाई क्वाटी खुवाउने गर्दछन् कसैकसैले जनैपूर्णिमा दिन भ्यागुतालाई भात पनि खुवाउने गर्दछन्। इत्यादि कथा किवद्नती र भनाइ वा कथन जे भए पनि नेवार समुदायले यस चाडलाई ठूलो पर्वको रुपमा लिएको छ। चाड पर्व मनाउने चलन भने शहर बजार र गाउँ ठाउँ अनुसार फरक फरक देखिन्छ।

    टाेखामा गथामुग:
    टाेखामा गथामुग:कसरी मनाइन्छ त ?पहिला पहिलाका मानिसहरूले यस दिनमा ननुहाउने गरेको सुनिन्छ । यस दिनमा ननुहाउनेहरुले बोक्सीविद्या सिकेको विस्वास गरिन्थ्यो। त्यसैले ननुहाउने अरुले बोक्सीविद्या सिकेको आरोप लगाउलान भनेर ननुहाउने गरेको थाहा पाइन्छ।

    यस दिनलाई तान्त्रिक वा बोक्सीविद्या सिक्ने दिनका रूपमा पनि लिइन्छ। भनाइ अनुसार भख्यो ( भुटखेल)चौर स्थित पिगंद्री ( मसानकाली मन्दिर) मा बोक्सीहरु मध्यरातमा नाङ्लोको पखेटा र कुकुरको पुच्छर हाली पाँच औंला बालेर कसैको हंसलाई डाेरीले बाँधेर
    बलि दिन्छन् । हावामा उडेर आइ भेला भएर भोज खान्छन् भन्ने कथा पनि सुनिन्छ ।गथामुग:कै दिनमा छेंछ (घर) भिन्केगु (शुद्ध पार्ने) पनि गरिन्छ ।प्रायः जसो नयाँ घर र पुरानै घरलाई पनि शुद्ध पार्न छें भिंकेगु ( घर शुद्ध बनाउने वा पवित्र पार्ने) गरिन्छ । छें भिंकेत मयुरको प्वाँख कलिव: स्वाँ (एक प्रकारको फुल)समेत मिलाइ पुजाको सामान बनाएर धुरी र निनाय(धुरी र खम्बा) जोड्ने घरको मुल छानाको मुल टेकाेमा पुजा गर्ने, एउटा भाले कात्ने र समय् – बजि पनि खुवाइन्छ।जाड र रक्सी पनि चढाएर प्रसादको रूपमा खाने र अरुलाइ खुवाइने गरिन्छ।
    श्रावण १ गते रोपाइँ सकिए त्यसै दिन र नसकिएको खण्डमा गथामुग:(घन्टाकर्ण) को दिन सिन्हाय व्यंकेगु(रोपाइँ सकेर शुद्ध पार्ने काम)गरिन्छ।असारमा घाम,पानी,हिलो आदि केहि नभनी मरिमरी काम गरिने हुनाले नेपालभाषामा यसलाई सिन्हाय्( मरिमरी काम गर्ने) भनिएको हुनुपर्छ । असार महिनामा खेतमा बसेर खानुपिउनुपर्ने हुन्छ। त्यसैले भूटप्रेतले दु:ख दिनसक्छ भन्ने विस्वास्ले गर्दा पनि शुद्ध पार्नुपर्ने चलन छ।यसदिनमा लोग्नेमानिसहरु पसलमा मासुलिन जान्छन् । आइमाई – मान्छेहरु घर लितपोत गर्नतिर लाग्दछन। नुहाइधुवाई गरि घरलाई सफासुग्घर बनाउछन।शुद्धताको लागी गाइको दुधमा दुबो चोपली शरीरमा छर्कने चलन पनि छ।नुहाएर दुधले नचोख्याएसम्म भात खानै नहुने परम्परा रहेको छ। आफु चोख्खिसकेपछी बाकी रहेको गाईको दुध बर्खे तरकारी र खुर्सानी बारिमा पनि छर्कने गरिन्छ।

    गथामुग कसरी मनाइन्छ त?

    बिहान सबेरदेखी उठेर घर लित्पोत गर्ने काम त भइहाल्यो। स-साना केटाकेटी( प्रायः केटा ) हरु चाही २५/३० मिनेटमा टाढा रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तरर्गत चण्डेश्वरीको बनमा घसी कथिचा मन्जाय(एक प्रकारको जंगली वनस्पति ) लिन जान्छन् ।यसदिनमा अरु चाडपर्वमा जस्तो मन्दिरमा गएर पुजा गरिन्न।बलिप्रथामा रहेकाहरू यस दिन घरघरमा फलामका किला पुर्याउछन।उनीहरुले दिने किलाहरु कुनै एक चुच्चे कुनै प्यको(चार चुच्चे )हुन्छन् । परिवार संख्या ,घर वा ढोका हेरि फलामका औठि र किला दिने गर्छन् । त्यस वापत उनहरुलाई १/२माना चामल दिइन्छन्। ससाना केटाकेटीलाई
    भूटप्रेतले नछुने विस्वास्मा फलामको कल्ली लगाउने चलन पनि छ।कल्ली लिएवापत १ जोर्को १ माना चामलका दरले लिनेदिने गरिन्छ।बालिप्रथा नभएका मानिसहरूले नकमि:हरुको घरमा गएर आफैले पैसा तिरि किला, औठी,कल्ली आदि खाँचो अनुसार लिइन्छ ।
    मुख्री ढोकाको चौकोसमा किला ठोक्ने चलन छ।किला ठोक्दा किलाले पैसा (सिका) र कथिचा मन्जायको पातलाइ छेड्ने गरि मिलाएर ठोकिँन्छ।किला ठोकिसकेपछि पुजा गर्ने परम्परा रहेको छ। भूटप पन्छाउन चाहिने सामानहरुमा कर्कलाको डाँठसहितको पात, सिस्नु,थाक्ले काँडाे,धुस्वाँ(एक प्रकारको फुल),छ्यो तग्व:घाय (एक प्रकारको घास)फर्सिको पात र धसिकथी,मन्जाय(बनस्पति )खोजेर ल्याइन्छ।छ्वालिको मुठाे बाधेर यि सबै सामग्री त्यसै भित्र राखिन्छ।बेलुकीपख यहि छ्वालिको मुठाे बालिन्छ।कतैकतै नर्कटको प्रयोग गरिएको देखिन्छ तर यहाँ नर्कट प्रयोग गर्ने चलन छैन ।

    बा:थकाली (ज्यापुहरुको थकाली )बाट पराल र छ्वाली मिलाएर १२/१३ कल्ली उपलब्ध गराइन्छ। कसइहरुले त्यो पराल र छ्वालि ल्याएर माथिल्लो लाछी (थने)मा नारायण मन्दिर अगाडि थुपारिदिइन्छन।त्यसपछि कुस्लेहरुले परालको डाेरी बाटी पराल रअ छ्वाली बाँधेर मुठाे बनाउछन् ।यति गरेपछि गथामुग:तयार हुन्छ । पराल र छ्वाली मिलाएर त्यस गथामुग:मा तिन चार जूर नेकुचा(सिङ) बनाएर हाल्ने काम पनि सम्पन्न गरिन्छ ।तयार गरिएको त्यहीँ गथामुग:लाई कुस्लेहरुद्वारा माथिल्लो लाछी गुँ छें(गुठियार )हरुको घरबाट मुठाे बालेर ल्याइ आगो लगाउन खोजिन्छ वा आगो लगाए जस्तो मात्र गरिन्छ।त्यसपछि डाेरीले घिसारी गथामुग:लाई माथिल्लो लाछिको कुनासम्म लयाएर छोडिन्छ।केटाकेटी (प्रायःकेटा )हरुले तानेर अश्लील शब्दहरु(तल लाछिका…लाई…. ) भन्दै कराएर गथामुग:लाई घिसारी १०/१५ सेकेन्डमा पुगिने भिमसेन मन्दिर अगाडि ल्याएर छोडिन्छ।कहिले कहिले अरुलाइ दु:ख दिनका लागी मन्दिरको अगाडिको ग:(खाल्डो )मा खसाली दिन्छन् ।सिस्नुसमेत हालेर बाँधिएको गथामुग:लाई तल्लो लाछिका केटाकेटीहरुले जसरि पनि निकाल्छन।यतिबेला तल्लो लाछिका केटाकेटीले माथिल्लो लाछिकालाई गाली गर्दा अश्लील शब्द( माथिको….लाइ….) भन्दै हुरुरुरुरु….तानेर ल्याउछन।यो क्रम निक्कै पटक चलिरन्छ।अन्त्यमा केटाकेटीहरुले त्यस गथामुग:लाई सिस्नु र लठ्ठीले हान्दै अश्लिल शब्द बोलेर घिसार्दै टाेखाकाे बजारभन्दा १०/१५ मिनेट समय लाग्ने गथामुग:गालय(बाटोको छेउ,सानो खाल्डो )मा लगेर बिसर्जन गर्दछन।

    गथामुग:लाई टाेखा बजारबाट निकाले पछि महिलाहरु घरघरबाट भूट पन्छाउने व निकाल्ने काममा लाग्दछन।त्यसका लागी घरको कोठाको कुनाकुनाबाट हसियााले खोपी माटो निकालिन्छ।सो माटो निकालेको ठाउमा गोबरले टालेर पुजा पनि गरिन्छ। पहिले नै विभिन्न सामग्रीहरु मिलाएर ठीक्क पारी बाधेर राक्खिएको छ्वाली बालिन्छ।त्यसपछि घरको कुनाकुनामा बालेको छ्वाली हल्लाएर “ए भूट बाहिर जा, यहाँ नबस” भन्दै भुत धपाउने काम गरिन्छ। अन्त्यमा भुत धपाउन बालेको
    छ्वाली आफ्नो आफ्नो ईलाकाको छ्वास:(मान्छे मरेपछि लुगाफाटो ,नाङ्लो,कुचो र शिशु जन्मेपछी सालनाल सेलाउने ठाँउ )मा लगेर सेलाइन्छ।छ्वास:मा सेलाउन घरबाट निस्कने बित्तिकै अर्को सदस्य बाट छ्वालिको मुठाे बालेर पिखलुखी(मुल ढोकाको अगाडि स्थापना गरिएको कुमारको प्रतिक)मा सेलाउने गरिन्छ।छ्वालिको मुठा भित्र राखिएको मन्जाय धसिकथिचा आगोले गर्दा पत्याकपुतुक आवाज आउने गरि पड्किन्छ।यसरी पड्किए पछि भुत भाग्ने विस्वास गरिन्छ। बलेको छ्वालिको मुथो सेलाउन जाने मानिसले बाटोमा कसैसँग पनि बोल्नु नहुने परम्परा छ।तर छ्वास:मा जम्मा भै बसेका आफुजस्तै सेलाउन जानेसंग बोल्न चाही परम्पराले रोकेको छैन ।फर्कदा बोल्न मिल्छ।यसरी गाउँ भरिको भुत गथामुग:पर्वले पन्छाउने विस्वास गरिन्छ। घरको गोठको भुत पनि फर्सिको पात,कर्कलो, सिस्नु,धुस्वाँ,छ्यो,तवगु स्वाँ,च्वाकँ,मन्जाय,धसिकथिचा आदि बाधेर बालिएको छ्वालिको मुठाको उपयोगबाट पन्छिने मान्यता छ।सबैले सेलाएको छ्वास:को छ्वालिको थुप्रोबाट निस्कने धसिकथिचा मन्जायको पत्याकपुतुकको आवाजले रमाइलो पनि गराउछ।टोलटोलबाट बालेर निकालिने राकोले सिङो वस्तिलाइ झलमल्ल पार्ने यो भुत धपाउने संस्कृतिबाट त्यस दिन कुनै ठुलो पार्टीले मसाल जूलूस निकाले झै देखिन्छ।
    छ्वास:मा छ छ्वाली बलिरहेकै समयमा घरबाट लगेको माटो, चामल अबिर आदि मिलाएर पूजा गरिन्छ।इताय (तेलमा भिजाएको काँचो धागो बाट बनेको बत्ती)बालिन्छ अज: (तेलको बत्तिले बन्ने कालो ध्वासो) को गाजल बनाएर आँखामा लगाइन्छ। गाजल लगाउँदा “चोरको आँखा तेजिलो नहोस् मेरो आँखा तेज होस्” भन्ने गरिन्छ।
    घरमा फर्केपछि अन्य सदस्यहरुबाट पनि यस्तै इच्छा राखेर गाजल लगाउने चलन छ कसैको घरमा जुठो परेको भए जुथो फुकेपछि भुत पन्छाउने गरिन्छ ।धिमे, बासुरी ,धां,खिं ,हार्विन झ्यालि आदि बाजा बजाएमा भुत आउछ भनी सिथिनख:( जेष्ठ शुक्ल पक्ष षष्ठी)देखि झोलामा हालेर राख्ने चलन छ। नायखिं चाहिँ मान्छे मर्दा नबजाई नहुने हुनाले बजाउने परम्परा रहेको छ ।।घण्टाकर्णको पर्सिपल्ट अर्थात पारुदेखि बाजाहरु बजाउदा बाधा नपर्ने मान्यता रहेको हुनाले यसै बेलादेखि लाखे नाचको क्रम पनि सुरु हुने गरेको देखिन्छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै