•            
    • TOKHA LIVE

    • ९ माघ २०७९, सोमबार ०७:१८

    हिउँदे बिदामा टाेखाको विन्ध्यवासिनी माध्यामिक बोर्डिङ स्कूललाई सफलता

    टाेखालाइभ डट कम/ माघ ९,२०७९
    हिउँदे बिदामा टाेखाका विन्ध्यवासिनी माध्यामिक बोर्डिङ स्कूलले सफलता हासिल गर्न  सफल भएको छ।गत महिना पौष २६ गते जरो किलो प्रतिष्ठानद्वारा राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजित जिल्ला व्यापी निबन्ध लेखन प्रतियोगितामा बिन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कूल टोखाका छात्र जीवन बराइलीले प्रथम स्थान हासिल गर्दै नगद रु १५००० प्राप्त गर्न सफल भएको थियो ।
    उक्त कार्यक्रमका अतिथि; विश्व भूतानि हिन्दु संगठनका अध्यक्ष श्री कमल धिमालज्यूले व्यक्तिगत तर्फबाट बराइलीलाई नगद रु.६००० रकम समेत प्रदान गर्नुभएको थियो ।  त्यस्तै यहि माघ ४ गते बालप्रेमी खेलकुद मण्डल टोखाको ४२ औं बार्षिक उत्सवको अवसरमा आयोजित टोखा नगरपालिका स्तरीय विद्यालय म्याराथुन दौड र चेस प्रतियोगितामा विन्ध्यवासिनी माध्यामिक बोर्डिङ स्कूलका सुसवित डंगोलले १००० मिटर म्याराथुन दौडमा प्रथम र अनमोल दाहालले तृतिय स्थान हासिल गर्न समेत सफल भएको  थियो । यस्तै अवसरमा आज बिन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कूलको आयोजित नियमित Assmbly मा विभिन्न स्थानमा विद्यालयलाई महत्त्वपूर्ण सफलता दिलाउने विद्यार्थीहरुलाई बिन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कूलका प्रीन्सिपल बेखानारायण डंगोलले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको छ।फाेटाे सौजन्य /विन्ध्यवासिनी बोर्डिङ स्कूल
    Facebook Comments

  • सम्बन्धित खवर

    टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै