•            
    • Sanu Raj Dangol

    • ५ माघ २०७९, बिहीबार २०:०१

    टाेखामा दोस्रो बाल भेला सम्पन्न,बालबालिकाको सवालहरु पहिचान गर्दै कार्ययोजना निर्माण

    टाेखालाइभ डट कम/ माघ ५,२०७९

    काठमाडौं /बालबालिकाको क्षेत्रमा देखिएका तमाम सवालहरु पहिचान गर्नुपर्ने, बाल मैत्री क्रियाकलापका लागि मौलिक हकको उपयोग गर्दै उनिहरुकोअधिकार संरक्षण र प्रबर्द्धनका सवालमा नगरले पहिलो प्राथमिकता तय गर्दै महिला तथा बालबालिका शाखाको आयोजनामा दोस्रो बाल भेला सम्पन्न गरेको छ । बाल भेला कार्यक्रमको प्रमुख अतिथि टाेखा नगरपालिका नगर प्रमुख प्रकाशअधिकारीले बिरुवामा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नभएकाे थियो भने कार्यक्रममा सभा अध्यक्षता नगर बाल संजाल कि अध्यक्ष पुजा तामाङ्ग र कार्यक्रम संचालन संजालका सचिव सुजल पाण्डेले गर्नु भएको थियोे ।

    महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा न्यौपानेले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्वेश्य माथि प्रकाश पार्नु भएको थियो । बाल भेलाले बालबालिकाको सवालहरु पहिचान गर्दै आगामी कार्ययोजनाको लागि टाेखा नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्नको लागि विभिन्न १५ वटा सुचिलाई अगाडि सार्दै बालबालिका मैत्री घोषणा पत्रको अवधारणा समेत अघि सारेका छन् ।

    टाेखा नगरपालिका वडा ७ हेराल्ड कलेजमा आयोजना गरिएको बाल भेला कार्यक्रमको प्रमुख अतिथि टाेखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विशेष बाल भेला कार्यक्रम स्थानीय बाल अधिकारकर्मीहरुले नगर बाल अधिकार समितिको काम , कर्तव्य र अधिकारको बिषयमा केन्द्रित रहेर बाल बिबाह ,लैंगिक विभेद, जातीय भेदभाव तथा लागुपदार्थ दुर्व्यसन बालबालिकाको क्षेत्रमा प्रमुख समस्या र चुनौतीका रूपमा रहेको भेलाका सहभागी बालबालिकाले सवालहरु उठान गरेका छन।बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको उक्त भेलाले अगामी कार्ययोजना तयार पारेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले समग्र टोखा नगरपालिकालाई नैं बालमैत्री नगर घोषणाका लागी सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै टाेखा नगरपालिकाका सबैवडालाई बालमैत्री वडा घोषणाका लागी आवश्यक छलफलमा वडा भित्र हुन सक्ने वालविवाह , बालश्रम शारीरिक तथा मानसिक पिडा तथा बाल यौन दुर्ववहार जस्ता सबै प्रकारका बालहिंसाको रोकथाम , निशेध र नियन्त्रण तथा सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने जस्ता सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न आफू प्रतिवद्ध रहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।

    साथै उहाँले टाेखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको बताउदै बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको बताउनुभयो।

    कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले शुभकामना मन्तव्य राख्दै टाेखा नगरपालिकाले बाल अधिकार बाल मैत्रीपुर्ण रणनीति अनुरुप रुपान्तरण गरिरहेका बताउनुभयो।उहाँले बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई असल शिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महत्वपूर्ण भुमिका रहेको औल्याउँनुभयो।

    बाल भेला कार्यक्रममा टाेखा वडा १ देखि ११ वटै वडाका बाल संजालका प्रतिनिधिले बालबालिकाको क्षेत्रमा अहिलेसम्म गरेका कामहरुको समीक्षा गर्दै समस्या तथा चुनौतीमा नगरसग सहजिकरणको समेत अपेक्षा राखेका थिए। बाल भेलाको लक्ष्य र उद्देश्यको बारेमा जानकारी सहित कार्यक्रमको दोस्रो चरणमा सहजिकरण तथा संचालन महिला तथा बालबालिका शाखा प्रमुख तथा महिला विकास अधिकृत सावित्रा न्यौपाने र स्थानीय बाल अधिकार समितिका सदस्य अधिवक्ता मुकुन्द हरि दाहालले गर्नु भएको थियो ।

    कार्यक्रममा बाल अधिकार कर्मी तथा टाेखा स्थानीय बाल अधिकार समितिका सदस्य कृष्ण सुबेदिले कार्यविधि बनाएर टाेखा नगरपालिकामा बाल मैत्री, बालश्रम मुक्त र बालबालिका सम्बन्धि हिंसा, बिभेद न्यूनीकरण र धूम्रपान , मध्यपान र दुर्व्यसन उन्मुलन गर्न सकिएको खण्डमा टाेखा नगरपालिका अझ राम्रो हुने बताउदै उहाँले टाेखा नगरपालिकाले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर निरन्तर अघि बढिरहेको बताउँनुभयो।

    बालभेला कार्यक्रममा प्रमुख अतिथि टाेखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी ,टोखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा नं.२ का जनप्रतिनिधि सदस्यद्वय सबिना श्रेष्ठ र लक्ष्मी हिमाङ्क , वडा नं.५ का वडा अध्यक्ष मदन गुरुङ , कार्यपालिका सदस्य प्रेम कुमार सुनुवार , वडा नं.१० का वडा अध्यक्ष मचाकाजी महर्जन , कार्यपालिका सदस्य लिला देबी अधिकारी , वडा सदस्य जगतलाल साहि , वडा सदस्य चन्द्रदत्त सुवेदी र निरु सुनुवार त्यस्तै वडा नं ११ का वडा सदस्य महेश थपलिया ,महिला विकास अधिकृत साबित्रा न्यौपाने,टाेखा नगर बाल संरक्षण समितिका सदस्य कृष्ण सुवेदी ,महिला तथा बालबालिका शाखाका महिलाका अधिकृत एबम बाल कल्याण अधिकारी निर्मला रेग्मी, महिला बिकास निरीक्षक पबित्रा पाण्डे , नगर बाल संजालका पूर्व अध्यक्ष /कोषाध्यक्ष बबिता परियार र युवराज मगर साथै ७ नं वडाका वडा नगर सदस्य न्यायिक समितिका सदस्य गोपि पाठक, स्थानीय बाल अधिकार समितिका सदस्यहरु शारा खड्का, सानुराज डंगोल र शुसिला नेपाल वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकारकर्मीहरु,विभिन्न विद्यालयहरुबाट शिक्षक शिक्षिका,विद्यार्थीहरुको सहभागिता रहेको थियो।

     

    Facebook Comments

  • सम्बन्धित खवर

    टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै