टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर १९,२०७९
लोकतान्त्रिक बाम गठबंधन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदिप पौडेल र बाग्मती प्रदेशसभाका सदस्य श्यामबहादुर खड्काले सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन्। निर्वाचित प्रश्चात टोखा नगरपालिकाको वडा नम्बर २ र ३ का मतदाता समक्ष घर दैलो सम्म पुगेर आज धन्यवाद तथा हार्दिक कृतज्ञता दिनुभएको छ।
र्यालीमा टाेखा वडा २ र ३ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु, आदरणीय मतदाताहरु र शुभचिन्तकहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेसका इकाई सभापति वडा नं २ का हेराकाजी महर्जन डंगोल र नेपाली कांग्रेसका इकाई सभापति वडा ३का अष्ट कुमार श्रेष्ठले संयुक्तरूपमा धन्यवाद कार्यक्रम आयोजना गरेको थियो। बिहान ७ बजे टोखा गेटबाहिर जम्मा भई सुरु गरेको धन्यवाद कृतज्ञता र्याली ऐतिहासिक टाेखा नगर परिक्रमा गरेको हो।