टोखा लाइभ । कोरोना भाइरसको जोखिम हुन नदिन टोखा नगरपालिका वडा नं -३ भित्री क्षेत्रमा पुलिसकर्मीले स्थानीय स्वयंसेवकसंग समन्वय गरेर लकडाउन’लाई अझ कडा बनाउन थालेका छन् ।
टोखा नगरपालिका वडा नं-३ को मुध्वाखामा बसेर स्थानीय स्वयंसेवक र पुलिस मिलेर टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै डोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ ।
पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् ।
यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ ।
“अहिले यी वडा नं-३ स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ टोखा नगरपालिका वडा नं-३ का सदस्य हरिमान श्रेष्ठले टोखा लाइभलाई भने ।”