•            
    • Hikmat Dangol

    • १५ आश्विन २०७९, शनिबार ०५:३४

    टोखा जनहित वचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न– सहकार्य गरेर अगाडि बढ्ने

    टोखा लाइभ ।२०७९ असोज १५ गते।

    टोखा लाइभ, काठमाडौँ | टोखा जनहित वचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

    टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलको नेतृत्वमा सम्पन भएको वार्षिक साधारण सभामा बोल्दै वडा अध्यक्ष रमेश डंगोलले आजको यस पावन घटस्थापनाको दिन कार्यक्रम गर्न पाउंदा गौरवशाली भएको छु। जनहित सहकारीले नाफामुखी भन्दा सेवामुखी भएर जनतालाई सहज सेवासुविधा दिनुपर्नेमा जोड दिनुभयो । उहाॅले जनहित को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

    सहकारी अधिकृत कमला पन्तले यस साधारण सभामा उपस्थिति देखेर आश्चार्य चकित भएको बताईन। वहाॅले संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरिन।यसैगरी टोखा नगरपालिकाका उप मेयर मुरारी तामांगले जनहित सहकारीलाई शुभ कामना दिदैं जनतालाई सेवा प्रदान गरि जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध हुन आग्रह गर्नु भयो।

    मेयर प्रकाश अधिकारीले जनहितले अहिले सम्म ४८ करोडको करोवार गरिसकेकोले यसल् अझ दीर्घकालीन पाईलाहरू चाल्दै जनताको मर्म र भावना प्रतिनिधित्व गरोस । जनहित सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    संस्थाले आफ्ना शेयर सदस्यका छाराछोरीहरुलाई ०७९ सालको एसइइ, एमबिबिएस, सर्वोकृष्ट नतिजा ल्याउने विभिन्न विधार्थीलाई मायाँको चिनो र नगद दिई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ठ कारोबार गर्ने शेयरधनीहरुलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा बढि समय दिएर लगातार कार्यरत कर्मचारीलाई पनि सम्मान गरेको छ ।

     

     

     

    Facebook Comments

  • सम्बन्धित खवर

    टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै