•            
    • TOKHA LIVE

    • ३० भाद्र २०७९, बिहीबार २१:३१

    श्री सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भाद्र ३०,२०७९

    काठमाडौं /श्री सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा मंगलबार टाेखा ३ स्थित बि.एल भ्वयछेंमा सम्पन्न भएको छ।
    गत वर्ष जस्तै यो वर्षमा पनि बिधिबत रुपमा बिहानीको समयमा सपना तिर्थ मन्दिरमा पुजाआजा गरि बि.एल भ्वयछेंमा कार्यक्रम सञ्चालन गरेको थियो।

    श्री सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्था लिको १६ औं वार्षिक साधारण सभाको संस्थाका सचिव बलराम दुलालले कार्यक्रम संचालन गरेका थिए। श्री सपना तिर्थ बहुउद्देश्य सहकारी संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा समितिका संयोजक मोहन मान श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश डंगोलले सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई अहिलेको बोलीचालीमा कसैले बैंक भनिन्छ त कसैले सहकारी नै भनिन्छ।१६ औं वार्षिक साधारण सभा सम्म आइपुग्दा सहकारी व्यवस्थापक सदस्यहरु सबैको उत्तिकै मेहेनत र यथार्थ रहेको बताउदै वडा अध्यक्ष डंगोलले सहकारीका सदस्य तथा शेयर सदस्यहरु कै कारणले गर्दा आज यो दिन सम्झौताकारी पूर्ण सफलता हासिल गरेको बताए। एक थुकी सुकी सय थुकी नदी भनेजस्तै सबै सदस्य मिलेर सहकारी निरन्तर यसरी नै बगिरहने प्रतिबद्धता जनाए। कार्यक्रममा आफ्ना भनाई प्रस्तुत गर्नु भन्दा अगाडि सहकारीको वार्षिकोत्सवको गीत गुगुनाएका थिए।नेवा भाषामा लेता जी अति छंगु जन्मदिन थो मनं चोगु पुवनेमा भिन्तुने, सहकारीको पैसा निकालेर बैंकमा राख्ने काम नगर्न शेयर सदस्य तथा सरकारी सदस्यहरुलाई प्रमुख अतिथि डंगोलले अनुरोध गरे।

    बिशिष्ट अतिथि टाेखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीले सहकारी संस्था यो १६ वर्षसम्म आइपुग्दा को अवस्थामा के गर्ने के नगर्ने भन्ने कुरा हामी आफैले सोच्नु जरुरी छ। बैंकले मान्छेलाई चिन्दैन मात्र पैसालाई चिन्न छ।भने सहकारी संस्थाले मान्छेको सुखदुःखमा चिन्छ र साथ दिन्छ। यो सहकारी एउटा नमुनाको नामले चिन्नुपर्छ संस्थालाई साथ दिनुपर्ने बताए। यो सहकारीले बचत तथा ऋणलाई मात्र ध्यान नदिइ आय आर्जन हुने काममा लाग्न सुझाव दिदै संस्थाले शेयरसदस्यहरुलाई रोजगारीको सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरिन ।

    सभामा संस्थाका अध्यक्ष राजु श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुलाई स्थापना कालदेखि १८ प्रतिशत बोनस वितरण गर्दै आइरहेको यस पटक पनि सोही बोनस वितरण गरिने जानकारी दिदै निकट भविस्यमै सहकारीको आफ्नै भवन निर्माण चरणको क्रममा रहेको बताउनुभयो।

    संस्थाको काेषाध्यक्ष लक्ष्मी श्रेष्ठले आव २०७८/७९ को लागि आय व्ययको प्रतिवेदन आ.व २०७९/८० का लागि प्रस्तावित लक्ष्य र बजेट प्रस्तुत गरेको थियो। संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा सेयर पुँजीतर्फ १०,३६,२९,३००.००( दस करोड छतिस लाख उनन्तिस हजार तीन सय ) रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।

    संस्थाले आर्थिक कारोवार आर्थिक वर्ष २०७८/७९ मा ३२,५३,०१९१५.५२ (बत्तिस करोड त्रिपन्न लाख नौ सय पन्ध्र दशमलव बाउन्न पैसा निक्षेप संकलन गरेको बताउँदैे संस्थाले ऋण प्रवाह कारोबार १,०३,२६६५५९३.०० ( एक अर्व तिन करोड छब्बीस लाख पैसठ्ठी हजार पाच त्रियानब्बे रुपैयाँ रकम असुल भै आव २०७८/७९ आर्थिक मसान्तसम्म ४७,८४६७७७८.०० सत्चालीस करोड चौरासी लाख सत्सट्ठी हजार सातसय मात्र ऋण लगानीको रूपमा कायम भएको भएकोमा ५,२२,८८२७९.८१ (पाँच करोड बाईस लाख अठासी हजार दुई सय उनन्असि दशमलव एकासी रुपैया खुद नाफा गर्न सफल भएको जनाएको छ।

    संस्थाका अध्यक्ष राजु श्रेष्ठ, सस्थापक काईला डंगोल, कानुनी सल्लाहकार बाबु लाल भण्डारी,हेराकाजी महर्जन डंगोल,बसन्त श्रेष्ठले प्रमुख अतिथि टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश डंगोल,टाेखा नगरपालिका सहकारी शाखाका प्रमुख कमला कार्की, अतिथी वडा नं २का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा ३का सदस्य हरि भक्त श्रेष्ठलाई मायाको चिनो
    प्रदान गरेको थियो। भने ओएसिस पब्लिक एकेडेमीका छात्रा छात्राहरु प्रशंसा पत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा श्री सपना तिर्थ बहुउदेश्यीय सहकारी संस्था लि का अध्यक्ष राजु श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरेको हो। भने कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश डंगोल, विशेष अतिथि टोखा नगरपालिका सहकारी शाखाका प्रमुख कमला कार्की, अतिथिमा टोखा नगरपालिका वडा नं १का अध्यक्ष रमेश लामिछाने , टाेखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष काइला डंगोल, पूर्व अध्यक्ष विश्वराज श्रेष्ठ, कानुनी सल्लाहकार बाबुलाल भण्डारी,उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठ,हेराकाजी महर्जन डंगोल, बसन्त श्रेष्ठ लगायत सन्चालक समिति ,लेखा,शिक्षा र ऋण समितिका पदाधिकारीहरु संस्थाका सम्पूर्ण शेयरधनी सदस्यहरु सहकारीको शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै