•            
    • Sanu Raj Dangol

    • २३ भाद्र २०७९, बिहीबार २१:०५

    नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

    टाेखालाइभ डट कम/ भाद्र २३,२०७९

    काठमाडौं /नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

    नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा आज टाेखा नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सभा टाेखा वडा ३ स्थित सद्भाव ब्याक्वेटमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्ज्वल गर्दै उद्घाटन गरेका छन् ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष रामजी भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियोे।

    नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको संस्थाका सचिव राधेश्याम श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

     

    कार्यक्रममा नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्यका १२ कक्षा उतिर्ण भएका छोराछोरीलाई सम्मान पत्र प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीबाट प्रदान गरियो भने नयाँ किरण छात्रवृत्ति कार्यक्रमलाई निरंतरता दिइ विद्यार्थी र सहकारी बिच सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रवन्धक अच्युतानन्द राजोपाध्यायले सरस्वती माविको कक्षा १२मा अध्ययनरत टाेखा नपा ३का गंगा श्रेष्ठलाई र कक्षा ११ मा अध्ययनरत सुजिता चौहानलाई छात्रवृत्ति प्रदान गरिएको छ।
    सहकारीले टाेखा नगरपालिका वडा १ मा शाखा कार्याालय विस्तार गर्दै आर्थिक कारोबार गर्दै आइरहेको छ।

     

    नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा सुपरिवेक्षण समितिका संयोजक अष्ट नारायण डंगोलले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीले सहकारीले आर्थिक कारोबार संगसंगै व्यक्तिको जिवनमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन् । त्यसकारण यो सहकारीले बचत तथा ऋणलाई मात्र ध्यान नदिइ आय आर्जन हुने काममा लाग्न सुझाव दिदै संस्थाले शेयरसदस्यहरुलाई रोजगारीको सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरिन ।सहकारी उन्नत हुनु नै समाज उन्नत हुने हुँदा सहकारीले उन्नत समाज निर्माणमा अहम भुमिका खेल्न सक्ने धारणा राखिन्।

    कार्यक्रममा विशिस्ट अतिथि टाेखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोलले नयाँ किरण बचत तथा ऋण सहकारी साना पुजिलाई एकीकृत गर्दै आर्थिक गतिविधिमा समेटी समाजको आर्थिक अवस्थामा सुधार ल्याउन
    सहकारीलाई उभो लगाउनका निमित्त शेयर सदस्यहरुको
    पुजिबाट सुरु गरिएको यस संस्थाले सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुलाई विभिन्न वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । यस सहकारी संस्था संचालनमा विभिन्न निति निर्माण तथा कार्य विधिहरु छिटो छरितो सर्वसुलभ तथा उत्कृष्ट सेवा सदस्यहरुलाई
    प्रदान गर्न सफल रहेको भन्दै सहकारीको १५ औं वार्षिक साधारण सफलताको शुभकामना दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले सहकारी संस्थाको १५ औं वार्षिक साधारण सफलताको शुभकामना व्यक्त गर्दै टाेखा नगरपालिका भरिका सारा सहकारी संस्थाहरुलाई समय सापेक्ष अनुसार र बदलिँदो परिवेश अनुसार सहकारी सहकारी जस्तो हिसाबले अघि बढ्न सक्नुपर्ने वातावरण निर्माण गर्नको लागि विगतमा समय समयमा विभिन्न किसिमको तालीमहरु उपलब्ध गराएको बताउनुभयो । भविष्यमा पनि सहकारी संस्थाहरुलाई कस्ता खालको तालीम दिनुपर्ने हो सम्पुर्ण सहकारी साथीहरू टाेखा नगरपालिकासंग संवाद गरेर तपाईंहरूको भावनालाई अक्षरसलाई पालना गर्नको लागि यदि यहाँले महसुस गर्न चाहानु हुन्छ भने टाेखा नगरपालिका सदैव सम्पुर्ण सहकारीलाई एकीकृत ढंगले नियम पालनालाई मनन गरेर अगाडि बढ्नको लागि सदैब तयार रहेको भन्दै  नगर प्रमुख प्रकाश अधिकारीले विश्वास दिलाउन चाहन्छु भन्नुभयो ।

    सभामा संस्थाका अध्यक्ष सत्यनारायण डंगोलले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुलाई स्थापना कालदेखि १८ प्रतिशत बोनस वितरण गर्दै आइरहेको यस पटक पनि सोही बोनस वितरण गरिने जानकारी दिदै निकट भविस्यमै सहकारीको आफ्नै भवन निर्माणको क्रममा रहेको बताउनुभयो।

    संस्थाको काेषाध्यक्ष बैकुण्ठलाल श्रेष्ठले आव २०७८/७९ को लागि आय व्ययको प्रतिवेदन आ.व २०७९/८० का लागि प्रस्तावित लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा सेयर पुँजीतर्फ ४ करोड ३४ लाख ४१ हजार ६ सय रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।

    संस्थाले आर्थिक कारोवार आर्थिक वर्ष २०७८/७९ मा १७ करोड ९ लाख ८५ हजार १ सय ४ पैसा निक्षेप संकलन गरेको बताउँदैे संस्थाले ऋण प्रवाह कारोबार १७ करोड १७ लाख ३० हजार ६ सय ३ रुपैयाँ प्रवाह गरेकोमा ८९ लाख ५७ हजार ६ सय ७७ रुपैयाँ ८७ पैसा खुद नाफा गर्न सफल भएको जनाएको छ। त्यसै गरी संस्थाको आव.२०७९/८० का लागि शेयर पुँजि रु ५ करोड ५० लाख सम्म पुर्याउने लक्ष्य लिएको छ।

    संस्थाका अध्यक्ष सत्यनारायण डंगोलले प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी,विशिष्ट अतिथि टाेखा नगरपालिकाका निवर्तमान उप प्रमुख ज्ञानमाया डंगोल ,विशिष्ट अतिथि टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की,विशिष्ट अतिथिहरु टाेखा नगरपालिका २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोललाई मायाको चिनो प्रदान गरेका थिए । भने संस्थाका नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी,विशिष्ट अतिथि टाेखा नगरपालिकाका निवर्तमान उप प्रमुख ज्ञानमाया डंगोल ,विशिष्ट अतिथि
    टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की,विशिष्ट अतिथिहरु टाेखा नगरपालिका २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोल, कार्यपालिक सदस्य शान्ता राई, टाेखा नगरपालिका ७ का वडा अध्यक्ष नरोत्तम राना , लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,ऋण लगानी उप- समितिका पदाधिकारीहरु,शिक्षा उप- समितिका पदाधिकारीहरु , संस्थाका झोर सेवा केन्द्र उप- समितिका पदाधिकारीहरु, संस्थाका सल्लाहकारहरु लगायत सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै