•            
    • Hikmat Dangol

    • ४ भाद्र २०७९, शनिबार ०८:३५

    सपनतीर्थ भजन खलले मनायो श्रीकृष्ण जन्माष्टमी

    टोखा लाइभ ।२०७९ भदौं ४ गते ।

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व हिजो भगवान् श्रीकृष्णको पूजा–आराधना गरी सपनतीर्थ भजन खलले लबुँमा मनायो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले हिजोको ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल थियो। यता सपनतीर्थ भजन खलले भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन गरेको थियो।

    पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै