•            
    • TOKHA LIVE

    • २ भाद्र २०७९, बिहीबार २०:३५

    टाेखामा दाफा खल: तथा भजन खल:लाई भोलि कृष्णको रथ हस्तान्तरण गरिने

    टाेखालाइभ डट कम/ भाद्र २,२०७९

    काठमाडौं /टाेखामा दाफा खल: तथा भजन खल:लाई कृष्णको रथ हस्तान्तरण गरिने भएको छ। भोलि शुक्रबार भाद्र ३ गते टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजना तथा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति र नेवा: गुथी टाेखाको विशेष सहयोगमा चतुर्मास भजन गर्ने टाेखाका ५ वटा दाफा खल र १ भजन खल: लाई कृष्णको जात्रामा प्रयोग हुने रथ हस्तान्तरण गरिने कार्यक्रम रहेको टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले जानकारी दिए।

    बिहान ७ बजे टाेखा वडा २ स्थित थने लाछीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ऐतिहासिक प्राचीन सहर टाेखा टाेलटाेलका पातीपौवामा चर्तुमास भजन गर्ने चण्डेश्वरी ईकुलाग दाफा खल:,सपनतीर्थ दाफा खल:, इन्द्रायणी दाफा खल:,सहलुबी पिगद्य दाफा खल:, जोरभीमसेन दाफा खलः ,चण्डेश्वरी भजन खलःगरि यी ६ खल:लाई कृष्णको रथ हस्तान्तरण गरिनेछ।

    यी खल: लगायतले टाेखाको महत्त्वपूर्ण बिस्का जात्रा पर्व, श्रीकृष्ण जन्माष्टमी पर्वको साथै  ईन्द्रजात्रा पर्व , सकिमिला पुन्ही पर्वमा योगदान पुर्याउदै आइरहेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै