•            
    • TOKHA LIVE

    • २९ श्रावण २०७९, आईतवार १२:५७

    पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८३ औं जन्मजयन्तीको उपलक्ष्यमा टोखामा बृक्षारोपण

    टाेखालाइभ डट कम/ नविना श्रेष्ठ

    श्रावण २९,२०७९

    टोखा नगरपालिका वडा नं ३ स्थित भुतखेलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८३ औं जन्मजयन्तीको उपलक्ष्यमा टोखा नगरपालिका -२ वडा कार्य समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि पूर्व महामन्त्री डा. शशांक कोइराला रहेका थिए। हरियो वन नेपालको धन यो नारा अब नारा मात्र रहेन भन्दै हरियो वातावरण आवश्यकता रहेकोले खुला ठाउँमा हामी मानिसलाई अक्सिजन प्राप्तीको लागि पनि वृक्षारोपण कार्यक्रम गरेको इकाई सभापति महर्जन डंगोलले बताए।

    बिरूवाहरुमा गौरीशंकर बिरुवा, कपुरको बिरुवा मात्र ल्याई बृक्षारोपण गरेको हो। यी दुई बिरुवामा गौरीशंकरको फूल मानिसहरुको मृत्यु पछि नभइनहुने भएकोले यो ठाउँमा आवश्यकता लागेर बृक्षारोपण गरेको इकाई सभापति महर्जन डंगोलले जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि पूर्व महामन्त्री डा. शशांक कोइरालाले नेपाल सकिँदैछ, पहिला भुकम्पले सकायो, अहिले covid-19 कोरोनाले सकाउँदै छ। त्यसैले मानिस बाँच्नका लागि कृषि आवश्यकता रहेकोले पहिलो प्राथमिकता भनेको कृषि हो त्यसलाई जोड दिन आग्रह गरे। कार्यक्रममा सहभागी भएका कांग्रेसका क्रियाशील कार्यकर्ताहरुलाई हामी कृषि बिना बाँच्न नसक्ने बताउँदै यस्ता वृक्षारोपण कार्यक्रमहरु आजको आवश्यकता रहेको प्रतिबद्धता जनाए।

    कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली कांग्रेसका सक्रियतामा रहेका प्रतिनिधिहरुलाई अबको मंसिर महिनामा हुन लागेको चुनावमा नेपाली कांग्रेसलाई नै जिताउन आग्रह समेत गरेका छन्। बृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस काठमाडौं जिल्लाका उपसभापति गोकर्ण के.सी, प्रदेश माननिय भिमसेन खत्री प्रदेश ख सभापति राजु खड्का, बागमती प्रदेशका सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु नगर सभापति ओम कृष्ण बिमली, पूर्व वडा अध्यक्ष कसी नारायण श्रेष्ठ,दिपक राज जोशी,सिंहराज श्रेष्ठ, नेपाली कांग्रेसका सक्रिय महिलाहरु लगायत विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै