•            
    • Sanu Raj Dangol

    • २८ श्रावण २०७९, शनिबार २३:०६

    ऐतिहासिक टाेखाको पर्वमा सहभागी कलाप्रेमी गजराज श्रेष्ठको निधन

    टाेखालाइभ डट कम/ श्रावण २८,२०७९

    कलाकारसँग कलाप्रेमीहरुको आत्मीय सम्बन्ध गाँसिएको हुन्छ । कलाकारले व्यक्तिलाई हसाउने कलाप्रेमीहरुको र मनमोहक पार्ने सवै कार्य गरेका हुन्छन् । यसरी मनजित्ने कलाकारको निधनले व्यक्तिलाई विचलित बनाउँछ। टाेखाको ऐतिहासिक पर्वमा सहभागी कलाप्रेमी गजराज श्रेष्ठको निधनले आज टाेखाका कैयौँ बुढापाकाहरु बिचलित भएर रोइरहे ।

    ऐतिहासिक टाेखा नगरपालिकामा गाइजात्राको अवसरमा ख्याली नाच देखाउने क्रममा आज गाईजात्रा पर्वमा सहभागि भैरहेका टोखा नगरपालिका ३ त्वापचा निवासी गजराज श्रेष्ठको निधन भएको छ । टाेखाका हास्य (ख्याली) जगतका कलाकार गजराज श्रेष्ठको अचानक भएको मृत्युबाट टाेखा नगर भरिका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन् ।

    ईन्द्रायणी दाफा खलःमा लामो समयदेखि आवद्ध रही टोखाको दाफा भजन तथा साँस्कृतिक क्षेत्रमा विशेष योग्दान पुर्याएका श्रेष्ठ गाईजात्रा पर्वको अवसरमा दाफा खलःबाट आयोजना गरेको प्रहसनमा सहभागि हुँदाहुँदै टाेखाका कलाकारको आज दिउँसो ख्याली देखाउने क्रममा थने लाछीमा अचानक लड्नु भै ग्राण्डी अस्पताल लाने क्रममा कलाकार गजराज श्रेष्ठको मृत्यु भएको खवरले टाेखा नगर वासीले आफ्नो प्रिय कलाकार तथा हसिलो एक होनहार कलाकार गुमाएको महसुश गरेका छन् । ६० वर्षिय यी चर्चित कलाकारको निधनपछि श्रेष्ठको अन्तिम यात्रा र अत्येष्टि टाेखा नगरवासि हजारौंले निकै भावुकताका साथ अवलोकन गरे । दुई छोराका पिता श्रेष्ठलाई उनका जेष्ठ छोराले श्री इन्द्रायणि भख्य: घातमा दागबत्ती दिएका हुन।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै