टोखा लाइभ ।२०७९ साउन २८ गते ।
टोखा नगरपालिका वडा नं २ गणेशस्थान मन्दिरको प्रँगणमा आज विहान महिला र पुरुषले रक्तदान गरेका छन् ।
ऐतिहासिक पर्व गाईजात्राको अवसरमा टोखा भगवती क्लबले लायन्स क्लब अफ काठमांडौं सिटी टोखा संग संयुक्त रूपमा आयाेजना गरेको कार्यक्रममा क़रीब १ सय जनाले रक्तदान गरेका हुन् ।यसमा टोखामा रहेका स्थानीय डाक्टरको पनि प्राविधिक सहयोग रहेको थियो ।
बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म संचालन गरिएको उक्त कार्यक्रममा स्थानीय र वाहिरको पनि सहभागी रहेको जानकारी टोखा भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीले दिनु भएको छ। उनले सबैलाई धन्यबाद दिदै प्रमाणपत्र पनि वितरण गर्दे हरेक बर्ष झैँ यस बर्षपनि बिभिन्न संघ संस्थाहरु को प्रतिनिधि र सम्पूर्ण कल्ब को उल्लेख्य सहभागिता रहेकोमा सबैको योगदान को कदर गर्दै आउदो दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्नु भएको छ।
यसै गरी भगवती क्लबका महासचिव दीपेन्द्र डंगोलले पनि रक्त दान गर्दै “ हामीमा भएको रगतले यदि एकजना मात्रैको पनि जीवन रक्षा गर्न सक्यो भने त्यो भन्दा ठुलो पुण्य अरु के होला ? हामी न त ईश्वर हौ न कुनै डाक्टर नै तर पनि हामीमा एउटा जीवन बचाउन सक्ने ईश्वरीय शक्ति छ र त्यसको उपयोग मानव कल्याणमा लगाउन पाउनु भनेको यो हाम्रो लागि एउटा सौभाग्य हो।”उनले भने।