•            
    • TOKHA LIVE

    • २७ श्रावण २०७९, शुक्रबार २०:०९

    टाेखा सास्कृतिक नगरमा वर्षभरि दिवंगत भएकाहरु प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    श्रावण २७,२०७९

    टोखा नगरपालिका वडा नं २ कार्यालयको समन्वयमा  नेवा: गुथि टोखाको आयोजनामा टोखा सास्कृतिक नगरीमा वर्षभरि दिवंगत भएकाहरु प्रति श्रद्धाञ्जली बिचा हायका स्मृति भाव सागर अंक ३ पुस्तक श्रद्धाभाव स्मृति सभामा विमोचनसँगै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

     

    टोखा नगरमा वर्षभरि ४८ जना दिवंगत भएका छन् ।भगवती क्लबमा दिवंगत भएकाहरुको फोटो सहित स्मृति भाव सागर अंक ३ पुस्तक समेत साथमा दिई दिवंगत भएपनि सधैं स्मरण गर्ने हेतुले नेवा: गुथि टोखा द्धारा यस पुस्तकको परिकल्पनाका साथ प्रकाशन कार्यलाई अगाडि बढाइएको छ।

    कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवा गुठीका अध्यक्ष रमेश नापित ,टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा वडा नं ३ का अध्यक्ष रमेश डंगोल,टोखा वडा २ का सदस्यहरु सविना श्रेष्ठ,आरेन डंगोल,अमर डंगोल, टोखा वडा ३ का सदस्य सान्ता राई ,टोखाका मु:नाय हेमराज श्रेष्ठ, टोखा नगरपालिकाका भुतपूर्व उपमेयर ज्ञानमाया डंगोल लगायत दिवंगत भएका आफन्तहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अध्यक्षहरुले दिवंगत भएका सम्पूर्णको आत्मा शान्तिको कामना गर्दै केही भनाइहरु राखेका थिए।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै