•            
    • TOKHA LIVE

    • १९ असार २०७७, शुक्रबार १८:३९

    टाेखा नगरपालिका वडा नं ६ र ७ काे सिमाना शिव टाेल- त्रियाेग मार्ग ढलानकार्य अन्तिम चरणमा।

    टाेखा लाइभ,असार १९ काठमाडौं: टाेखा नगरपालिका वडा नं ६ र ७ काे सिमाना शिव टाेलविकास संस्थाबाट टाेखा नगरपालिका अगाडिदेखि त्रियाेग मार्ग सम्म ढलान कार्य सुरू भएको छ।टाेखा नगरपालिकाको समन्वयमा टाेखा नगरपालिका ६ वडा र टाेखा नगरपालिका ७ वडाको संयुक्त वडास्तरिय बजेटमा उक्त शिव टाेल- त्रियाेग मार्ग ढलानकार्य भैरहेको हो। टाेखा नगरपालिका वडा नं ६ र ७ काे सिमाना शिव टाेल-टाेखा नगरपालिका- त्रियाेग मार्गको लम्बाई १४५ मि.र १४ फिट चौडाई रहेको सो ढलानकार्यको लागी टाेखा नगरपालिका ६ वडाबाट रु ५ लाख उपभोक्ता समितिबाट ४०% र टाेखा नगरपालिका ७ वडाबाट रु १५ लाख उपभोक्ता समितिबाट ४०% लागतमा समन्वय गरि टाेखा नगरपालिका शिव टाेल- त्रियाेग मार्ग हाल ढलानकार्य अन्तिम चरणमा पुगेको टाेखा नगरपालिका वडा नं.६का वडाध्यक्ष महेश्वर केसीले टाेखा लाइभलाई बताए।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै