•            
    • TOKHA LIVE

    • १२ असार २०७९, आईतवार २०:१८

    टोखा-४ मा आधारभूत शैक्षिक उपकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/ असार १२,२०७९

    काठमाडौं /टोखा-४ मा ‘आधारभूत शैक्षिक उपकरण प्रशिक्षण’ (Basic Academic Tools Training ) सम्पन्न भएको छ।

    नेपाल स्कुल अफ ईन्टरप्रेनरसीप (NSE)को आयोजनामा
    उधमसिलता केन्द्रित शिक्षा अभियान अन्तर्गत स्थानिय सरकार टोखा नगरपालिकाको वडा नं.४ को सहकार्यमा २४ घण्टे आधारभूत शैक्षिक उपकरण प्रशिक्षण( Basic Academic Tools Training )शैक्षिक सशक्तिकरण तालिम सम्पन्न भएको हो।

    टोखा नगरपालिकाको वडा नं.४ मा सम्पन्न भएको उक्त शैक्षिक सशक्तिकरण तालिममा ३० जना प्रशिक्षार्थी विद्यार्थीहरुलाई नेपाल स्कुल अफ ईन्टरप्रेनरसीप NSE का कार्यकारी अधिकृत डा. प्रणय राणाले प्रशिक्षण दिनुभएको थियो।

    ( Basic Academic Tools Training मा विद्यार्थीहरुलाई कम्प्युटरको माइक्रो अफिस अन्तर्गत microsoft word, powerpoint जस्ता आधारभूत शैक्षिक उपकरण प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा नेपाल स्कुल अफ ईन्टरप्रेनरसीप NSE का कार्यकारी डा. प्रणय राणाले नेतृत्वमा नेतृत्व बिकास र उधमसिलता “Leadership and Entrepreneurship“ केन्द्रित शिक्षा अभियान अन्तर्गत स्थानिय सरकार टोखा नगरपालिकासँगको सहकार्यमा शैक्षिक सशक्तिकरण तालिम सुरु गरेको बताउदै काेभिडले गर्दा धेरै विद्यार्थीहरु स्कुल कलेजमा पढाई पाउनुपर्ने पढाई नपाइ नियमित पाउनुपर्ने शिक्षाबाट बन्चित भएका विद्यार्थीहरु लाई राज्यले केही नगरेको बताए ।

    डा. प्रणय राणाले कोभिडले तहस-नहस गरेको शिक्षा प्रणालीमा राज्यले हस्तक्षेप नगरेपछि आफै उचित हस्तक्षेपमा लागेको बताउदै युवाहरु सिकिरहेको ,अघि बढिरहेको बताए ।

    राज्यले केही गर्देला भनेको एसइइ र +२ पास गरेका विद्यार्थीहरुलाई राज्यले केही गरेको नदेखिए पछि आफू स्थानीय राजनीतिकर्मि र समाजसेवि भएको हिसाबले स्थानीय सरकार वडाहरुलाई समन्वय गरेर सहभागिता जनाइ जिम्मेवारी लिएर कलेज जाने विद्यार्थीहरुलाई बुझाएर सिकाएर पठाउदा आत्मविश्वास बढाेस्, सफलता हासिल गरोस् भनेर काेभिडले बिग्रेको शिक्षालाई केहिहदसम्म आडभरोसा दिन सकोस् भनेर यस किसिमको कार्यक्रम आयोजना गरेको डा. प्रणय राणाले बताए ।

    कार्यक्रममा सहभागिता जनाउनुहुने विद्यार्थीहरुलाई प्रमुख अतिथि टोखा नगरपालिका ४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    देश भरीका स्थानिय सरकार संगको हातेमालो र सहकार्य जारी रहने उक्त कार्यक्रम टाेखा , बुढानिलकण्ठ पछि काठमाडौं महानगरपालिकामा पनि सुरु हुने आयोजकले बताएको छ ।टाेखा ४ पछि टाेखा ३ मा पनि उक्त आधारभूत शैक्षिक उपकरण प्रशिक्षण’ (Basic Academic Tools Training ) सम्पन्न हुनै लागेको छ भने टाेखा २ का विद्यार्थीहरुलाई श्री भगवती क्लबको समन्वयमा कार्यक्रम सुरु भैरहेको छ भने त्यस्को लगत्तै टाेखा वडा ६ मा पनि शैक्षिक सशक्तिकरण तालिम सुरु हुने बताएको छ।

     

     

     

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै