•            
    • TOKHA LIVE

    • ११ असार २०७९, शनिबार २१:१२

    टोखा नगरपालिकाको बजेट २ अर्ब ११ करोड ५६ लाख ७ हजार

    टाेखालाइभ डट कम/ असार ११,२०७९

    काठमाण्डौ /टोखा नगरपालिकामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजारको बजेट प्रस्तुत गरिएको छ।

    टोखा नगरपालिका वडा नं ३ को सद्भाव पार्टी प्यालेसमा भएको नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रकाश अधिकारीले २ अर्ब ११ करोड ५६ लाख ७ हजारको अनुमानित आय व्यय विवरण रहने जानकारी दिएका छन।
    ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताउनुभयो ।

    टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताइएको छ ।

    टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ ,प्रमुख प्रशासकीय अधिकृत शंकर प्रसाद पाठक ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य तथा नगर सभाका सदस्य , विभिन्न शाखा प्रमुख सहित सल्लाहकारहरुको सहभागिता रहेको सो नगर सभामा ६ मुख्य शिर्षकमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

     

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै