•            
    • TOKHA LIVE

    • ६ असार २०७९, सोमबार ०७:२५

    नेपाली कांग्रेसको टोखा नगरबाट बधाई शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ /टाेखालाइभ डट कम

    असार ६,२०७९

    नेपाली कांग्रेस नगरको तर्फबाट असार ४ गते मेरिगोल्ड पार्टी प्यालेसमा बधाई शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा.प्रकाश शरण महत रहेको थियो। भने कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिका नगर सभापति ओम कृष्ण बिमली रहेका छन्। नेपाली कांग्रेस नगरको तर्फबाट नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु लगायत वडा सदस्यहरुलाई बधाई शुभकामना तथा धन्यवाद कार्यक्रम सञ्चालन गरेको थियो।

    त्यस्तैगरी जिल्ला सभापति सबुज कृष्ण बानियाँ,पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण मर्हजन साथै रजनी थापा लगायत नेपाली काग्रेसका केन्द्रीय, जिल्ला,नगर,वडाका आदर्णीय व्यक्तित्वहरूको बाक्लो उपस्थित रहेको थियो।

    नेपाली कांग्रेस पार्टीभित्र रहेको कमीकमजोरीले गर्दा नेपाली कांग्रेस भित्रकै क्रियाशील रहेकाहरूको कमीकमजोरीले आजको यो समयमा पार्टीले पराजय भोग्नुपरेको  महतले बताए।

    कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका नगर सभापति बिमलीले उपमेयरको टिकट नगरबाट गरेको सिफारिसलाई कार्यान्वयन नभएको र पहिलो पटकमा रजनी थापालाई दिएको टिकट पछि फेरि मनिष जोशीलाई दिएपछि टिकट वितरणमा उत्साहजनक नभएपछि नै यसपटकको चुनाव निराशामा परिणत भएको बताए। टोखा नगरपालिकामा ११ वटा वडाहरुमा धेरै वडा सदस्यहरूको विजय भएको तर थोरैमात्र वडा अध्यक्षको बिजय भएको दाबी गरे ।

     

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै