•            
    • TOKHA LIVE

    • १६ असार २०७७, मंगलवार १५:१२

    ‘ईन्द्रायणी सामुदायिक बन’ टोखामा विभिन्न संघसंस्थाद्वारा वृक्षारोपण।

    टाेखा लाइभ,असार १६ काठमाडौं : मदन भण्डारी फाउन्डेसन टोखाको आयोजनामा टाेखा ईन्द्रायणी सामुदायिक बनमा जननेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन टोखाको आयोजनामा वृक्षारोपण गरिएको छ।डिभिजन बन कार्यालय काठमाडौंको आयोजना र इन्द्रायणी सामुदायिक बनले सहयोगि भुमिका निर्वाह गरेको हो। टोखा नगरपालिकाको ३ नं. वडा अन्तर्गत पर्ने इन्द्रायणी सामुदायिक पार्कमा भएको वृक्षारोपणमा बागमती प्रदेशका प्रदेशसभा सदस्य’ दिपक निरौला’ ,टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल सहित जनप्रतिनिधि तथा फाउन्डेसनका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो।

    ईन्द्रायणी सामुदायिक बनमा वृक्षारोपणलाई निरंतरता दिने सामाजिक कार्यको सिलसिलालाई कायम राख्ने क्रममा टोखा मु:ध्वाँखा भजन खल:को आयोजनामा पनि उक्त ईन्द्रायणी सामुदायिक बनमा ‘डिभिजन बन अधिकृत’ रोशना पोखरेलको आतिथ्यमा वृक्षारोपण गरिएको छ। हाल ईन्द्रायणी सामुदायिक बनमा ओखर,रिथा,धुपी र पैयु प्रजातिका रुखविरुवाहरु वृक्षारोपण गरिएको ईन्द्रायणी सामुदायिक बनका अध्यक्ष सुर्यमान डंगोलले टाेखा लाइभलाई बताउनु भयो।
    रूख रोपी बातावरण जोगाऔं र दीर्घायु बनौं भन्ने मुल उदेश्यले आयोजना भएको वृक्षारोपण कार्यक्रममा ईन्द्रायणी सामुदायिक बनमा
    हाल विभिन्न प्रकारका भावी योजना अघि सारेका छन् ।
    ” यहाँ आउने आगन्तुकहरुले बगैंचा प्राकृतिक सौन्दर्य संगै रमणीय वातावरण अवलोकन गराउने आकर्षण गर्नेको साथै बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै प्राकृतिक सम्पत्ति संरक्षण गर्नेको साथसाथै स्थानीय ७/८ जनासम्मलाई रोजगारी दिने गरि टोखाका आन्तरिक तथा बाह्य पर्यटक लाई मन बहलाउनको लागि विभिन्न ठाँउमा पार्क निर्माण गर्ने, चराचुरुङ्गी जनावरहरुको लागी पोखरी निर्माण गर्ने, पार्किङको लागी व्यवस्थित गर्ने, पार्क भित्र बिहान १० देखी ५बजे सम्म न्युनतम शुल्क लिइ प्रवेश गराउने,र बार्हैमास ईन्द्रायणी सामुदायिक बनलाई हरियाली बनाउने योजना रहेको छ।”- ईन्द्रायणी सामुदायिक बनका अध्यक्ष सुर्यमान डंगोलले टाेखा लाइभलाई बताउनु भयो।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै