•            
    • TOKHA LIVE

    • ९ जेष्ठ २०७९, सोमबार ०७:५७

    शान्ता पाैडेल टाेखा नगरपालिकाकै पहिलो महिला वडा अध्यक्ष

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
    जेठ ९ ,२०७९

    काठमाडौं /नेपाली काङ्ग्रेसको तर्फबाट शान्ता खनाल पाैडेल
    टाेखा नगरपालिकाकै पहिलो महिला वडा अध्यक्ष बनेकी छन् ।

    उनी बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा टाेखा नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट बिजयी भएका हुन् । यो संगै उनि टोखा नगरपालिका भित्र ११ वटा वडाहरु मध्ये नगरपालिकाकै पहिलो महिला वडा अध्यक्ष बन्न सफल भएकी छन् ।

    नेपाली काँग्रेसकाे तर्फबाट टाेखा नगरपालिका ६ वडा अध्यक्षमा उम्मेदवार रहेकी पाैडेलले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार  भगवान  केसिलाई पछि पार्दै जित हासिल गर्न सफल भएको थियो ।

    वडा अध्यक्षमा नेपाली काँग्रेसकी शान्ता पाैडेलले १०७५ मत ल्याएर बिजयी हासिल गर्दा उनकी निकतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार भगवान केसिले ७६९ मत प्राप्त गरेका हुन ।भने नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर केसिले ७३ मत प्राप्त गरेका थिए ।

    टाेखा नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा शान्ता पाैडेल विजयी भए संगै उनको प्यानलमा नेपाली कांग्रेसका
    दलित महिला सदस्य ममता सुनार बिक,महिला सदस्य तन्जु नेपाल लुइँटेल ,खुल्ला सदस्य बलराम राउत क्षेत्री र नेकपा एमालेका चन्द्र प्रसाद श्रेष्ठ वडा सदस्यमा बिजयी भएका छन् ।

    शान्ता पाैडेल गएको २०७४ को स्थानीय निर्वाचनमा उनि वडा सदस्यमा निर्वाचित समेत भएका थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै