टाेखालाइभ डट कम/जेष्ठ ४,२०७९
काठमाडौ । टोखा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। प्रकाश अधिकारी २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा बिजयी भएका थिए ।
त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका छन।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् ।भने कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत ल्याएकि हुन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।