•            
    • TOKHA LIVE

    • १ माघ २०७८, शनिबार ०७:०३

    टोखा नगरपालिकाका नागरिकले उपचारका लागि निशुल्क रगत पाउने

    टाेखालाइभ डट कम/माघ १,२०७८

    काठमाडौं /टोखा नगरपालिकाले नागरिकको उपचारका लागि निशुल्क रगत उपलब्ध गराउने भएको छ। नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने टाेखा नगर प्रमुख अधिकारीले बताउनुभयो।
    टाेखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मेयर प्रकाश अधिकारीले बताएका छन ।

     

    नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरि आफ्ना विरामी स्थानीय अस्पतालमा भर्ना भई उपचार गराउदा रगतको निशुल्क व्यवस्था गराएका हुन् ।

    रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिएको अधिकारीको भनाई छ ।

    रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने मेयर अधिकारीले बताएका छन् ।

    टोखा नगरपालिका नागरिकको स्वास्थ प्रति सदैब प्रतिबद्ध रहेको तथा स्वास्थ शाखाबाट प्रभावकारी सेवा प्रवाह भैरहेको मेयर अधिकारीको भनाई रहेको छ । टाेखालाइभ /फाइल फोटाे

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै