•            
    • TOKHA LIVE

    • ३० पुष २०७८, शुक्रबार ०७:२३

    टोखा नगरपालिका वडा ६ स्थित लाखेडाँडा पार्कको उदघाटन सम्पन्न

    टाेखालाइभ डट कम / पौष ३०,२०७८

    टोखा नगरपालिका वडा नं ६ स्थित लाखेडाँडा पार्कको उदघाटन सम्पन्न भएको छ। लाखेडाँडा पार्कको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले उद्घाटन गरेका हुन् ।

    कुल ४० लाख रुपैयाँ लागतमा निर्माण भएको लाखेडाँडा
    पार्कमा टोखा नगरपालिकाले १५ र प्रदेशबाट २५ लाख रुपैयाँ लागतमा निर्माण भएको थियोे । तिनै तहको सरकारको सहयोग ,स्थानिय निकाय र समितीको समन्वयमा निर्माण गरिएको उक्त पार्क करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    कार्यक्रममा टोखा नगरपालिकाको भौतिक पूर्वाधार तथा विकास निर्माणलाई पहिलो प्राथमिकता दिदै जनताको माझ गरेको वाचा पूरा गरेको र आफुले गरेको कार्यप्रति खुसि रहेको टाेखा नगर प्रमुख प्रकाश अधिकारीले बताएका थिए ।

    नगर प्रमुख प्रकाश अधिकारीले आफ्नो पार्टीको घोषणपत्र अनुसार सार्वजनिक जग्गा संरक्षणलाई महत्त्वमा राख्दै सार्वजनिक जग्गाहरुको डिपिआर तयार पारी प्रदेश केन्द्र सरकार सँग सहकार्य गर्दै टोखा नगरपालिका भरिनै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुनेगरी कार्य गरेको जानकारी दिएका थिए।

    लाखेडाँडा पार्कको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मा दीपक निरौला, टोखा नगरपालिका प्रमूख प्रकाश अधिकारी, टाेखा नगरपालिका ६ का वडा अध्यक्ष महेश्वर केसी ,टाेखा नगरपालिका ७ का वडा अध्यक्ष नरोत्तम राना लगायत  जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै